< भजनसंग्रह 146 >

1 परमप्रभुको प्रशंसा गर । हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् ।
Hvali, dušo moja, Gospoda.
2 मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । म रहेसम्म परमप्रभुको प्रशंसा म गर्नेछु ।
Hvaliæu Gospoda za života svojega, pjevaæu Bogu svojemu dok me je god.
3 शासकहरू वा मनावजातिमा आफ्‍नो भरोसा नराख, जसमा कुनै उद्धार छैन ।
Ne uzdajte se u knezove, u sina èovjeèijega, u kojega nema pomoæi.
4 जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्‍छ ।
Iziðe iz njega duh, i vrati se u zemlju svoju: taj dan propadnu sve pomisli njegove.
5 त्यो धन्यको हो, जसको आफ्‍नो सहायताको निम्ति याकूबको परमेश्‍वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्‍नो परमेश्‍वरमा हुन्‍छ ।
Blago onome, kojemu je pomoænik Bog Jakovljev, kojemu je nadanje u Gospodu, Bogu njegovu,
6 परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।
Koji je stvorio nebo i zemlju, more i sve što je u njima; koji drži vjeru uvijek,
7 थिचोमिचोमा परेकालाई उहाँले न्याय दिनुहुन्छ र भोकालाई भोजन दिनुहुन्छ । परमप्रभुले कैदीहरूलाई मुक्‍त गर्नुहुन्छ ।
Èini sud onima, kojima se èini krivo; daje hranu gladnima. Gospod driješi svezane,
8 परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ । परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ । परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ ।
Gospod otvora oèi slijepcima, podiže oborene, Gospod ljubi pravednike.
9 परमप्रभुले देशमा विदेशीको सुरक्षा गर्नुहुन्छ । उहाँले अनाथ र विधवालाई माथि उठाउनुहुन्छ । तर उहाँले दुष्‍टहरूको विरोध गर्नुहुन्छ ।
Gospod èuva došljake, pomaže siroti i udovici; a put bezbožnièki prevraæa.
10 परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
Gospod je car dovijeka, Bog tvoj, Sione, od koljena do koljena. Aliluja.

< भजनसंग्रह 146 >