< भजनसंग्रह 145 >
1 हे मेरो परमेश्वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्यको भन्नेछु ।
Вознесу Тя, Боже мой, Царю мой, и благословлю имя Твое в век и в век века.
2 हरेक दिन म तपाईंलाई धन्यको भन्नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।
На всяк день благословлю Тя, и восхвалю имя Твое в век и в век века.
3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्ता अथाहा छ ।
Велий Господь и хвален зело, и величию Его несть конца.
4 एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।
Род и род восхвалят дела Твоя и силу Твою возвестят:
5 म तपाईंको महिमाको ऐश्वर्य र तपाईंका अचम्मका कामहरू ध्यान गर्नेछु ।
великолепие славы святыни Твоея возглаголют и чудеса Твоя поведят:
6 तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्नेछन् र म तपाईंको महान्ताको घोषणा गर्नेछु ।
и силу страшных Твоих рекут и величие Твое поведят:
7 तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।
память множества благости Твоея отрыгнут и правдою Твоею возрадуются.
8 परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्वस्ततामा प्रशस्त हुनुहुन्छ ।
Щедр и милостив Господь, долготерпелив и многомилостив.
9 परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ । उहाँका सबै काममा उहाँका कोमल कृपा छन् ।
Благ Господь всяческим, и щедроты Его на всех делех Его.
10 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्वासयोग्य जनहरूले तपाईंलाई धन्यको भन्नेछन् ।
Да исповедятся Тебе, Господи, вся дела Твоя, и преподобнии Твои да благословят Тя:
11 तपाईंका विश्वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्नेछन् ।
славу царствия Твоего рекут и силу Твою возглаголют,
12 तिनीहरूले मानवजातिलाई परमेश्वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।
сказати сыновом человеческим силу Твою и славу великолепия царствия Твоего.
13 तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।
Царство Твое царство всех веков, и владычество Твое во всяком роде и роде: верен Господь во всех словесех Своих и преподобен во всех делех Своих.
14 असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ र दबिएकाहरू सबैलाई माथि उठाउनुहुन्छ ।
Утверждает Господь вся низпадающыя и возставляет вся низверженныя.
15 सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।
Очи всех на Тя уповают, и Ты даеши им пищу во благовремении:
16 तपाईंले आफ्नो हात खोल्नुहुन्छ र सबै जीवित प्राणीका इच्छा तृप्त पार्नुहुन्छ ।
отверзаеши ты руку Твою и исполняеши всякое животно благоволения.
17 परमप्रभु आफ्ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ ।
Праведен Господь во всех путех Своих и преподобен во всех делех Своих.
18 परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ ।
Близ Господь всем призывающым Его, всем призывающым Его во истине:
19 उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।
волю боящихся Его сотворит, и молитву их услышит, и спасет я.
20 परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्टलाई नाश गर्नुहुनेछ ।
Хранит Господь вся любящыя Его, и вся грешники потребит.
21 मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्यको भनून् ।
Хвалу Господню возглаголют уста моя: и да благословит всяка плоть имя святое Его в век и в век века.