< भजनसंग्रह 144 >

1 परमप्रभु मेरा चट्टानको स्‍तुति होस्, जसले युद्ध गर्न मेरा हातहरूलाई र लडन्‍त गर्न मेरा औंलाहरूलाई तालिम दिनुहुन्छ ।
לְדָוִ֨ד ׀ בָּ֘ר֤וּךְ יְהוָ֨ה ׀ צוּרִ֗י הַֽמְלַמֵּ֣ד יָדַ֣י לַקְרָ֑ב אֶ֝צְבְּעֹותַ֗י לַמִּלְחָמָֽה׃
2 तपाईं मेरो करारको विश्‍वस्‍तता र मेरो किल्‍ला हुनुहुन्‍छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्‍छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्‍छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।
חַסְדִּ֥י וּמְצוּדָתִי֮ מִשְׂגַּבִּ֪י וּֽמְפַלְטִ֫י לִ֥י מָ֭גִנִּי וּבֹ֣ו חָסִ֑יתִי הָרֹודֵ֖ד עַמִּ֣י תַחְתָּֽי׃
3 हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसलाई ध्यान दिनुहुन्छ वा मानिसको छोरो को हो जसको बारेमा तपाईंले विचार गर्नुहुन्छ?
יְֽהוָ֗ה מָה־אָ֭דָם וַתֵּדָעֵ֑הוּ בֶּן־אֱ֝נֹ֗ושׁ וַֽתְּחַשְּׁבֵֽהוּ׃
4 मानिस एकपल्‍टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।
אָ֭דָם לַהֶ֣בֶל דָּמָ֑ה יָ֝מָ֗יו כְּצֵ֣ל עֹובֵֽר׃
5 हे परमप्रभु, आकाशलाई खोल्‍नुहोस् र तल आउनुहोस् । पहाडहरू छुनुहोस् र तिनीहरूबाट धूवाँ निकाल्‍नुहोस् ।
יְ֭הוָה הַט־שָׁמֶ֣יךָ וְתֵרֵ֑ד גַּ֖ע בֶּהָרִ֣ים וֽ͏ְיֶעֱשָֽׁנוּ׃
6 बिजुलीका चमकहरू पठाउनुहोस् र मेरा शत्रुहरूलाई छरपष्‍ट पार्नुहोस् । तपाईंका काँडहरू हान्‍नुहोस् र तिनीहरूलाई गोलमालमा पछाडि फर्काउनुहोस् ।
בְּרֹ֣וק בָּ֭רָק וּתְפִיצֵ֑ם שְׁלַ֥ח חִ֝צֶּ֗יךָ וּתְהֻמֵּֽם׃
7 माथिबाट आफ्‍नो हात पसार्नुहोस् । धेरै पानीबाट र विदेशीहरूका हातबाट मलाई बचाउनुहोस् ।
שְׁלַ֥ח יָדֶ֗יךָ מִמָּ֫רֹ֥ום פְּצֵ֣נִי וְ֭הַצִּילֵנִי מִמַּ֣יִם רַבִּ֑ים מִ֝יַּ֗ד בְּנֵ֣י נֵכָֽר׃
8 तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो ।
אֲשֶׁ֣ר פִּ֭יהֶם דִּבֶּר־שָׁ֑וְא וִֽ֝ימִינָ֗ם יְמִ֣ין שָֽׁקֶר׃
9 हे परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु । दस तारे वीणासँगै म तपाईंको स्‍तुति गाउनेछु,
אֱ‍ֽלֹהִ֗ים שִׁ֣יר חָ֭דָשׁ אָשִׁ֣ירָה לָּ֑ךְ בְּנֵ֥בֶל עָ֝שֹׂ֗ור אֲזַמְּרָה־לָּֽךְ׃
10 जसले राजाहरूलाई उद्धार दिनुहुन्छ, जसले आफ्‍नो सेवक दाऊदलाई दुष्‍ट तरवारबाट बचाउनुभयो ।
הַנֹּותֵ֥ן תְּשׁוּעָ֗ה לַמְּלָ֫כִ֥ים הַ֭פֹּוצֶה אֶת־דָּוִ֥ד עַבְדֹּ֗ו מֵחֶ֥רֶב רָעָֽה׃
11 मलाई विदेशीहरूका हातहरूबाट बचाउनुहोस् र स्‍वतन्त्र गर्नुहोस् । तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो ।
פְּצֵ֥נִי וְהַצִּילֵנִי֮ מִיַּ֪ד בְּֽנֵי־נֵ֫כָ֥ר אֲשֶׁ֣ר פִּ֭יהֶם דִּבֶּר־שָׁ֑וְא וִֽ֝ימִינָ֗ם יְמִ֣ין שָֽׁקֶר׃
12 हाम्रा छोराहरू आफ्‍नो जवान अवस्‍थाको पूर्ण आकारमा वृद्धि भएका रूखहरूजस्ता र हाम्रा छोरीहरू कुँदिएका कुनामा खम्बाहरूजस्ता, दरबारका जस्तै रूपवती होऊन् ।
אֲשֶׁ֤ר בָּנֵ֨ינוּ ׀ כִּנְטִעִים֮ מְגֻדָּלִ֪ים בִּֽנְעוּרֵ֫יהֶ֥ם בְּנֹותֵ֥ינוּ כְזָוִיֹּ֑ת מְ֝חֻטָּבֹ֗ות תַּבְנִ֥ית הֵיכָֽל׃
13 हाम्रा अन्‍नभण्‍डारहरू हरेक किसिमको अन्‍नहरूले भरिपूर्ण होऊन् र हाम्रा भेडाहरूले मैदानहरूमा हजारौं र दसौं हजार उत्‍पादन गरून् ।
מְזָוֵ֣ינוּ מְלֵאִים֮ מְפִיקִ֥ים מִזַּ֗ן אֶ֫ל־זַ֥ן צֹאונֵ֣נוּ מַ֭אֲלִיפֹות מְרֻבָּבֹ֗ות בְּחוּצֹותֵֽינוּ׃
14 अनि हाम्रा गोरूहरूमा धेरै बहरहरू हुनेछन् । कसैले पनि हाम्रा पर्खालहरू भत्काउनेछैन । त्यहाँ कोही पनि निर्वासित हुनेछैन र हाम्रा सडकहरूमा कुनै चित्कार हुनेछैन ।
אַלּוּפֵ֗ינוּ מְֽסֻבָּ֫לִ֥ים אֵֽין־פֶּ֭רֶץ וְאֵ֣ין יֹוצֵ֑את וְאֵ֥ין צְ֝וָחָ֗ה בִּרְחֹבֹתֵֽינוּ׃
15 यस्ता आशिष्‌ले आशिषित्‌ ‌‌भएका मानिस धन्यको होऊन् । यस्‍ता मानिसहरू धन्‍यका हुन् जसका परमेश्‍वर परमप्रभु हुनुहुन्छ ।
אַשְׁרֵ֣י הָ֭עָם שֶׁכָּ֣כָה לֹּ֑ו אַֽשְׁרֵ֥י הָ֝עָ֗ם שֶׁיֲהוָ֥ה אֱלֹהָֽיו׃

< भजनसंग्रह 144 >