< भजनसंग्रह 143 >
1 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । मेरो बिन्ती सुन्नुहोस् । तपाईंको विश्वस्तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् ।
“A psalm of David.” Hear my prayer, O LORD! give ear to my supplications! In thy faithfulness, and in thy righteousness, answer me!
2 तपाईंको सेवकलाई इन्साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्टिमा कोही पनि धर्मी छैन ।
Enter not into judgment with thy servant; For before thee no man living is righteous.
3 शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्यसले मलाई जमिनमा कुल्चेको छ । त्यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्न लगाएको छ ।
For the enemy pursueth my life; He hath smitten me to the ground; He hath made me dwell in darkness, As those that have been dead of old.
4 मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।
My spirit is overwhelmed within me; My heart within me is desolate.
5 पुराना दिनहरूलाई म सम्झिन्छु । तपाईंका सबै कामहरू म ध्यान गर्छु । तपाईंका उपव्धीहरूमा म चिन्तन गर्छु ।
I remember the days of old; I meditate on all thy works; I muse on the deeds of thy hands.
6 म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु । सुख्खा जमिनमा मेरो प्राण तपाईंको तृष्णा गर्छ । सेला
I stretch forth my hands unto thee; My soul thirsteth for thee, like a parched land.
7 हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु ।
Hear me speedily, O LORD! My spirit faileth; Hide not thy face from me. Lest I become like those who go down to the pit!
8 बिहानमा मलाई तपाईंको करारको विश्वस्तता सुन्न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्नो प्राण तपाईंतिर उचाल्छु ।
Cause me so see thy loving-kindness speedily; For in thee do I trust! Make known to me the way which I should take; For to thee do I lift up my soul!
9 हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्नलाई म तपाईंकहाँ भागेर आउँछु ।
Deliver me, O LORD! from mine enemies; For in thee do I seek refuge!
10 तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्याओस् ।
Teach me to do thy will; For thou art my God! Let thy good spirit lead me in a plain path!
11 हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्टबाट बाहिर निकाल्नुहोस् ।
Revive me, O LORD! for thy name's sake! In thy righteousness, bring me out of my distress!
12 तपाईंको करारको विश्वस्ततामा मेरा शत्रुहरूलाई नष्ट पार्नुहोस् र मेरो जीवनका सबै शत्रुलाई नाश गर्नुहोस्, किनकि म तपाईंको सेवक हुँ ।
And, in thy compassion, cut off mine enemies, And destroy all that distress me! For I am thy servant.