< भजनसंग्रह 142 >
1 आफ्नो सोर निकालेर सहायताको निम्ति म परमप्रभुमा पुकारा गर्छु । आफ्नो सोर निकालेर परमप्रभुको कृपाको निम्ति म बिन्ती गर्छु ।
大衛在洞裏作的訓誨詩,乃是祈禱。 我發聲哀告耶和華, 發聲懇求耶和華。
2 उहाँको सामु म आफ्नो विलाप खन्याउँछु । उहाँलाई म आफ्ना कष्टहरू भन्छु ।
我在他面前吐露我的苦情, 陳說我的患難。
3 मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्नुहुन्छ । म हिंड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन् ।
我的靈在我裏面發昏的時候, 你知道我的道路。 在我行的路上, 敵人為我暗設網羅。
4 म आफ्नो दायाँतिर हेर्छु र त्यहाँ एक जना पनि देख्दिनँ जसले मेरो वास्ता गर्छ । म बाँच्ने ठाउँ कहीं छैन । मेरो जीवनको बारेमा कसैले पनि वास्ता गर्दैन ।
求你向我右邊觀看, 因為沒有人認識我; 我無處避難, 也沒有人眷顧我。
5 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें । मैले भनें, “तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ ।
耶和華啊,我曾向你哀求。 我說:你是我的避難所; 在活人之地,你是我的福分。
6 मेरो पुकारा सुन्नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन् ।
求你側耳聽我的呼求, 因我落到極卑之地; 求你救我脫離逼迫我的人, 因為他們比我強盛。
7 मेरो प्राणलाई कैदबाट बाहिर निकाल्नुहोस्, ताकि म तपाईंको नाउँलाई धन्यवाद दिन सकूँ । धर्मीहरू मेरो चारैतिर भेला हुन्छन् किनभने तपाईं मप्रति असल हुनुभएको छ ।”
求你領我出離被囚之地, 我好稱讚你的名。 義人必環繞我, 因為你是用厚恩待我。