< भजनसंग्रह 141 >
1 हे परमप्रभु, तपाईंमा म पुकारा गरिरहेको छु । मकहाँ चाँडो आउनुहोस् । मैले तपाईंलाई पुकारा गर्दा मेरो पुकार सुन्नुहोस् ।
Psalm Davidov. O Gospod, kličem te, hiti k meni; čuj glas moj, ko te kličem.
2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपझैं होस् । मेरा उचालिएका हातहरू साँझको बलिदान झैं होऊन् ।
Molitev moja pridi kakor kadilo pred te; povzdigovanje mojih rok kakor dar večerni.
3 हे परमप्रभु, मेरो मुखमा रक्षक राख्नुहोस् । मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस् ।
Zloži Gospod, opazuj usta moja; straži karkoli izhaja z ustnic mojih.
4 मेरो हृदयले कुनै कराब कुराको इच्छा नगरोस् वा दुष्ट किसिमले व्यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस् । तिनीहरूका कुनै स्वादिष्ट कुराहरू मैले खान नपरोस् ।
Ne daj, da se srce moje nagne k hudobni reči, dela doprinašat po krivici z možmi, ki delajo krivico; tudi naj ne uživam njih slaščic.
5 धर्मी मानिसले मलाई हिर्काओस् । त्यो मेरो निम्ति दया हुनेछ । त्यसले मलाई सच्याओस् । त्यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ । मेरो शिरले त्यो स्वीकार गर्न इन्कार नगरोस् । तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्ट कामहरूको विरुद्धमा हुन्छ ।
Udari naj me nazaj pravični, milost bode, in posvari me, mazilo bode izvrstno; ne brani se glava moja; čim bolj, tem bolj bode: molitev moja v njih nesrečah.
6 तिनीहरूका अगुवाहरूलाई चट्टानको टाकुराबाट तल फालिनेछ । मेरा आफ्नै शब्दहरू सुखद छन् भनी तिनीहरूले सुन्नेछन् ।
Ali planejo dol raz skale njih sodniki; dasi umejo, da so govori moji prijetni.
7 तिनीहरूले भन्नुपर्नेछ, “जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन् ।” (Sheol )
Kakor bi kdo razsekal in razklal zemljo, raztresejo se naše kosti, v groba žrelo. (Sheol )
8 हे परमप्रभु परमेश्वर, मेरा आँखाहरू निश्चय नै तपाईंमा हुन्छन् । तपाईंमा नै म शरण लिन्छु । मेरो प्राणलाई सुरक्षाहीन नछोड्नुहोस् ।
Ko se v té, Gospod, ozirajo moje oči, k tebi pribegnem, ne zapústi duše moje.
9 तिनीहरूले मेरो निम्ति राखेका पासोहरूबाट, दुष्ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्नुहोस् ।
Reši me zadrge, katero so mi razpeli, in zank njih, ki delajo krivico.
10 म भागेर बाँच्दा दुष्टहरू आफ्नै पासोहरूमा फसून् ।
Padejo naj v mreže svoje vsi krivični, jaz pa pojdem mimo.