< भजनसंग्रह 140 >
1 हे परमप्रभु, मलाई दुष्टहरूबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्नुहोस् ।
上主,求您救拔我脫離兇惡的人; 上主,求您保護我脫離強暴的人!
2 तिनीहरूले आफ्ना हृदयहरूमा दुष्ट योजना बनाउँछन् । तिनीहरू हरेक दिन युद्ध मच्चाउँछन् ।
他們心中策劃惡謀,他們終日挑撥爭鬥;
3 सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्छ । सेला
他們磨快自己的舌尖,有如蛇蝮,他們的雙脣的下面,含有蛇毒。 (休止)
4 हे परमप्रभु, मलाई दुष्टहरूका हातबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्ने योजना बनाउँछन् ।
上主,求您拯救我脫離兇惡的人;上主,求您保護我擺脫強暴的人,因他們企圖要我腳步滑倒。
5 घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला
驕傲人給我暗暗設網羅,張起繩索作為圈套,設下陷井等我路過。 (休止)
6 मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्नुहोस् ।”
我求上主說:您是我的天主;上主,求您聽我哀禱的苦訴!
7 हे परमप्रभु मेरा परमेश्वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ । युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्नुहुन्छ ।
上主天主,您是我有力的救助,在作戰時,請您掩護我的頭顱。
8 हे परमप्रभु, दुष्टहरूका इच्छाहरू पुरा नगर्नुहोस् । तिनीहरूका षड्यन्त्रहरू सफल नहोऊन् । सेला
上主,求您不要順隨惡人的奢欲;上主,請不要完成他們的計謀。 (休止)
9 मलाई घेर्नेहरूले आफ्ना शिर उठाउँछन् । आफ्नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।
願那些顯露頭而圍困我的人,出於他們口脣的詛咒,反歸己身。
10 बलिरहेको भुङ्ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्डमा फाल्नुहोस् ।
願火降落在他們的身上,將他們拋入深坑免再高昂。
11 निन्दा गर्ने जिब्रो भएका मानिसहरूलाई पृथ्वीमा सुरक्षित नगरियोस् । हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्यसलाई खेदोस् ।
搬弄是非的人,不得在世久存,災禍會突然使強暴的人被擒。
12 कष्टमा परेकाहरूका पक्षमा परमप्रभुले न्याय गर्नुहुनेछ भनी म जान्दछु र उहाँले दरिद्रहरूलाई न्याय दिनुहुनेछ ।
我確知上主必為受壓迫的人伸冤,也必為貧窮的人主持正義的判斷。
13 निश्चय नै धर्मी मानिसहरूले तपाईंको नाउँलाई धन्यवाद दिनेछन् । सोझा मानिसहरू तपाईंको उपस्थितिमा बस्नेछन् ।
義人必定將您的聖名頌讚,善人必定居住在您的面前。