< भजनसंग्रह 14 >

1 मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्‍वर हुनुहुन्‍न ।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन ।
Mpumbavu husema moyoni mwake, “Hakuna Mungu.” Wamepotoka nakufanya uovu haramu; hakuna hata mmoja atendaye dhambi.
2 बुझ्‍ने कोही छन् कि, परमप्रभुलाई खोज्‍ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीलाई स्वर्गबाट हेर्नुहुन्छ ।
Yahwe anatazama chini kwa wanadamu kutoka mbinguni aone kama kuna yeyote anayeelewa, amtafutaye Mungu.
3 तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन ।
Wote wamegeukia njia nyingine. Kwa pamoja wamepotoka. Hakuna yeyote atendaye mema, hakuna, hata mmoja.
4 तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैं खान्‍छन्, तर जसले पमरप्रभुलाई पुकारा गर्दैन, के तिनीहरूले केही कुरा पनि जान्दैनन् र?
Je, hawajui lolote, wale wafanyao uovu, wale wanao kula watu wangu kama vile wanakula mkate, lakini hao hawamuiti Yahwe?
5 तिनीहरू डरले कम्छन्, किनकि परमेश्‍वर धर्मी सभामा हुनुहुन्छ ।
Wao wana tetemeka kwa hofu. Kwa kuwa Mungu yuko pamoja na kusanyiko la wenye haki!
6 तिमीहरू गरीब व्‍यक्‍तिको अपमान गर्ने इच्‍छा गर्छौ तापनि परमप्रभु त्यसको शरणस्थान हुनुहुन्छ ।
Ninyi mnataka kumfedhehesha mtu maskini japo kuwa Yahwe ni kimbilio lake.
7 ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।
Oh, kwamba wokovu wa Israeli ungetokea Sayuni! Wakati Yahwe akiwarudisha watu wake kutoka utumwani, ndipo Yakobo atashangilia na Israeli itakuwa na furaha!

< भजनसंग्रह 14 >