< भजनसंग्रह 139 >
1 हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्नुहुन्छ ।
Господе! Ти ме кушаш и знаш.
2 म बस्दा र म उठ्दा तपाईंले जान्नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्नुहुन्छ ।
Ти знаш кад седам и кад устанем; Ти знаш помисли моје издалека;
3 तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ ।
Кад ходим и кад се одмарам, Ти си око мене, и све путеве моје видиш.
4 हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअगि नै तपाईंले त्यो पूर्ण रूपमा जान्नुहुन्छ ।
Још нема речи на језику мом, а Ти, Господе, гле, већ све знаш.
5 मेरो अगाडि र पछाडि तपाईं मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्नुहुन्छ ।
Састраг и спред Ти си ме заклонио, и ставио на ме руку своју.
6 यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्च छ, म यसमा पुग्नै सक्दिनँ ।
Чудно је за ме знање Твоје, високо, не могу да га докучим.
7 तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र?
Куда бих отишао од духа Твог, и од лица Твог куда бих побегао?
8 आकाशमाथि उक्लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ । (Sheol )
Да изађем на небо, Ти си онде. Да сиђем у пакао, онде си. (Sheol )
9 प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्लो भागमा बसें भने,
Да се дигнем на крилима од зоре, и преселим се на крај мора:
10 त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्नेछ ।
И онде ће ме рука Твоја водити, и држати ме десница Твоја.
11 मैले भनें, “निश्चय नै अन्धकारले मलाई ढाक्नेछ र मेरो विरपरिको ज्योति रात हुनेछ,”
Да кажем: Да ако ме мрак сакрије; али је и ноћ као видело око мене.
12 तापनि त्यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
Ни мрак неће замрачити од Тебе, и ноћ је светла као дан: мрак је као видело.
13 तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।
Јер си Ти створио шта је у мени, саставио си ме у утроби матере моје.
14 म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।
Хвалим Те, што сам дивно саздан. Дивна су дела Твоја, и душа моја то зна добро.
15 जब मलाई गुप्तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।
Ниједна се кост моја није сакрила од Тебе, ако и јесам саздан тајно, откан у дубини земаљској.
16 तपाईंले मलाई गर्भभित्रै देख्नुभयो । मेरो निम्ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।
Заметак мој видеше очи Твоје, у књизи је Твојој све то записано, и дани забележени, кад их још није било ниједног.
17 हे परमेश्वर, तपाईंका विचारहरू मेरो निम्ति कति बहुमूल्य छन्! तिनका सङ्ख्या कति धेरै छन्!
Како су ми недокучиве помисли Твоје, Боже! Како им је велик број!
18 तिनलाई मैले गन्न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्छन् । म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु ।
Да их бројим, више их је него песка. Кад се пробудим, још сам с Тобом.
19 हे परमेश्वर, तपाईंले दुष्टहरूलाई मार्नुभएको भए असल हुन्थ्यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ ।
Да хоћеш, Боже, убити безбожника! Крвопије, идите од мене.
20 तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।
Они говоре ружно на Тебе; узимају име Твоје узалуд непријатељи Твоји.
21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?
Зар да не мрзим на оне, који на Те мрзе, Господе, и да се не гадим на оне који устају на Тебе?
22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् ।
Пуном мрзошћу мрзим на њих; непријатељи су ми.
23 हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदय जान्नुहोस् । मलाई जाँच्नुहोस् र मेरा विचारहरू जान्नुहोस् ।
Окушај ме, Боже, и познај срце моје, испитај ме, и познај помисли моје.
24 मभित्र कुनै दुष्ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस् ।
И види јесам ли на злом путу, и води ме на пут вечни.