< भजनसंग्रह 138 >
1 आफ्नो सारा हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । देवताहरूका सामु म तपाईंको प्रशंसाका गीतहरू गउनेछु ।
Drottinn, ég þakka þér af öllu hjarta! Ég vil lofsyngja þér í áheyrn englanna á himnum.
2 तपाईंको पवित्र मन्दिरतिर फर्केर म दण्डवत गर्नेछु र तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको निम्ति तपाईंको नाउँमा धन्यवाद दिनेछु । तपाईंले आफ्नो वचन र आफ्नो नाउँलाई अरू कुनै पनि थोकभन्दा धेरै महत्त्वपूर्ण बनाउनुभएको छ ।
Ég vil falla fram fyrir þínu heilaga musteri, þakka þér elsku þína og trúfesti, og loforð þín sem þú hefur innsiglað með þínu mikilfenglega nafni.
3 मैले तपाईंलाई पुकारा गरेको दिन तपाईंले मलाई जवाफ दिनुभयो । तपाईंले मलाई साहसी बनाउनुभयो र मेरो प्राणलाई बलियो पार्नुभयो ।
Þegar ég bið, þá heyrir þú bænir mínar, styrkir mig og hughreystir.
4 हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्नेछन् ।
Konungar jarðarinnar skulu þakka þér, Drottinn, því að allir heyra þeir rödd þína.
5 वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।
Já, þeir skulu syngja um verk Drottins, því að mikil er dýrð hans.
6 किनकि परमप्रभु उच्च हुनुभए तापनि उहाँले विनम्रहरूलाई वास्ता गर्नुहुन्छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्नुहुन्छ ।
En þótt Drottinn sé mikill, þá lýtur hann að hinum lítilmótlegu, en hrokafullir halda sig fjarri.
7 म खतराहरूको बिचबाट हिड्नु परे तापनि, तपाईंले मेरो जीवनलाई सुरक्षित राख्नुहुन्छ । मेरा शत्रुहरूका क्रोध विरुद्धमा तपाईंले आफ्नो बाहुली पसार्नुहुन्छ र तपाईंको दाहिने बाहुलीले मलाई बचाउँछ ।
Þótt ég sé umvafinn erfiðleikum, muntu sjá um að allt fari vel. Þú réttir fram hnefann gegn óvinum mínum. Kraftur þinn mun frelsa mig.
8 परमप्रभु अन्तसम्म नै मसँग हुनुहुन्छ । हे परमप्रभु, तपाईंको करारको विश्वस्तता सदासर्वदा रहन्छ । तपाईंका हातहरूले बनाएका जनलाई नत्याग्नुहोस् ।
Drottinn mun leysa úr öllum mínum málum – því að Drottinn, miskunn þín varir að eilífu. Yfirgef mig ekki, því að ég er verk handa þinna.