< भजनसंग्रह 138 >

1 आफ्‍नो सारा हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । देवताहरूका सामु म तपाईंको प्रशंसाका गीतहरू गउनेछु ।
Yahweh, I thank you with all my inner being. I sing to praise you in front of [the idols of false] gods [to ridicule/belittle them].
2 तपाईंको पवित्र मन्दिरतिर फर्केर म दण्डवत गर्नेछु र तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको निम्ति तपाईंको नाउँमा धन्यवाद दिनेछु । तपाईंले आफ्नो वचन र आफ्‍नो नाउँलाई अरू कुनै पनि थोकभन्दा धेरै महत्त्वपूर्ण बनाउनुभएको छ ।
I bow down while I look towards your sacred temple, and I thank you [MTY] because you faithfully love [us] and faithfully do all that you have promised. You have shown that both you [MTY] and what you have promised to do are greater than anything else.
3 मैले तपाईंलाई पुकारा गरेको दिन तपाईंले मलाई जवाफ दिनुभयो । तपाईंले मलाई साहसी बनाउनुभयो र मेरो प्राणलाई बलियो पार्नुभयो ।
On the day when I called out to you, you answered me; you enabled me to be strong and brave.
4 हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्‍नेछन् ।
Yahweh, [some day] all the kings of this earth will praise you, because they will have heard what you have said.
5 वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।
They will sing about what you have done; they will sing and say that you are very great.
6 किनकि परमप्रभु उच्‍च हुनुभए तापनि उहाँले विनम्रहरूलाई वास्‍ता गर्नुहुन्‍छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्‍नुहुन्छ ।
Yahweh, you are supreme, but you take care of people [who are considered to be] unimportant. And you know what proud people [are doing], even though they are far away [from you and think that you do not see them].
7 म खतराहरूको बिचबाट हिड्नु परे तापनि, तपाईंले मेरो जीवनलाई सुरक्षित राख्‍नुहुन्छ । मेरा शत्रुहरूका क्रोध विरुद्धमा तपाईंले आफ्‍नो बाहुली पसार्नुहुन्छ र तपाईंको दाहिने बाहुलीले मलाई बचाउँछ ।
When I am in the midst of [many] troubles/difficulties, you save/rescue me. With your hand/power [MTY] you rescue me from my enemies who are angry at me.
8 परमप्रभु अन्तसम्म नै मसँग हुनुहुन्छ । हे परमप्रभु, तपाईंको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । तपाईंका हातहरूले बनाएका जनलाई नत्याग्‍नुहोस् ।
Yahweh, you will do for me everything that you promised; you faithfully love [us] forever. Finish what you started to do [for us, your Israeli people.]

< भजनसंग्रह 138 >