< भजनसंग्रह 137 >

1 बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं ।
Kando ya mito ya Babeli tuliketi na tulilia tulipokumbuka kuhusu Sayuni.
2 त्‍यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्‍ना वीणाहरू झुन्डायौं ।
Tulitundika vinubi vyetu kwenye miti ya Babylon.
3 हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्‍दै खुसी होओ भने, “हाम्रा निम्ति सियोनका गीतमध्‍ये एउटा गाओ ।”
Huko watekaji wetu walitaka tuwaimbie, na wale walio tudhihaki walitutaka sisi tufurahi, wakisema, “Tuimbieni moja ya nyimbo za Sayuni.”
4 विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौं?
Tungewezaje kuimba wimbo unaomuhusu Yahwe katika nchi ya ugeni?
5 हे यरूशलेम, मैले तेरो सम्‍झनालाई बेवास्‍ता गर्छु भने, मेरो दाहिने हातले आफ्‍नो सीप बिर्सोस् ।
Kama nikikusahau wewe, Yerusalemu, basi mkono wangu wa kuume na usahau ujuzi wake.
6 मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्‍ना सबभन्दा ठुलो आनन्दभन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् ।
Ulimi wangu na ushikamane juu ya kinywa changu kama nisipokufikiria tena, na kama sipendelei zaidi Yerusalemu kuliko furaha yangu kuu.
7 हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।”
Kumbuka, Ee Yahwe, kile walichofanya Waedomu siku ya anguko la Yerusalemu. Walisema, “Ibomoeni, ibomoeni mpaka chini kwenye misingi yake.”
8 बेबिलोनकी छोरी, चाँडै नष्‍ट हुन्‍छ । तैंले हामीलाई जे गरिस् त्‍यसको बदला लिने व्यक्‍ति धन्यको होस् ।
Binti za Babeli, hivi karibuni wataharibiwa- mtu na abalikiwe, yeyote atakaye walipizia yale mliotufanyia sisi.
9 जसले तेरा सा-साना बालबच्‍चालाई लिएर चट्टानमा पछार्छ, त्‍यो व्यक्‍ति धन्यको होस् ।
Mtu na abarikiwe, yeyote achukuaye na kusambaratisha watoto wenu juu ya jiwe.

< भजनसंग्रह 137 >