< भजनसंग्रह 137 >
1 बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं ।
Pie Bābeles upēm, tur mēs sēdējām un raudājām, kad pieminējām Ciānu.
2 त्यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्ना वीणाहरू झुन्डायौं ।
Savas kokles tur pakārām vītolos.
3 हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्दै खुसी होओ भने, “हाम्रा निम्ति सियोनका गीतमध्ये एउटा गाओ ।”
Jo mūsu aizvedēji cietumā tur no mums prasīja dziesmas un mūsu spaidītāji līksmību: Dziediet mums dziesmu no Ciānas.
4 विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौं?
Kā mēs varētu dziedāt Tā Kunga dziesmu svešā zemē?
5 हे यरूशलेम, मैले तेरो सम्झनालाई बेवास्ता गर्छु भने, मेरो दाहिने हातले आफ्नो सीप बिर्सोस् ।
Ja es tevi aizmirstu, Jeruzāleme, tad lai mana labā roka top aizmirsta.
6 मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्ना सबभन्दा ठुलो आनन्दभन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् ।
Mana mēle lai pielīp pie mana zoda, ja es tevi nepieminu, ja es nepaceļu Jeruzālemi par savu vislielāko prieku.
7 हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।”
Kungs, piemini Jeruzālemes dienu Edoma bērniem, kas sacīja: Nopostiet, nopostiet to līdz pat viņas pamatiem.
8 बेबिलोनकी छोरी, चाँडै नष्ट हुन्छ । तैंले हामीलाई जे गरिस् त्यसको बदला लिने व्यक्ति धन्यको होस् ।
Tu posta pilna Bābeles meita, svētīgs ir, kas tev atmaksā, kā tu mums esi darījusi;
9 जसले तेरा सा-साना बालबच्चालाई लिएर चट्टानमा पछार्छ, त्यो व्यक्ति धन्यको होस् ।
Svētīgs būs, kas tavus jaunos bērnus sagrābs un tos satrieks pie akmens.