< भजनसंग्रह 136 >

1 परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Oh, mshukuruni Yahwe; kwa kuwa ni mwema, kwa maana uaminifu wa agano lake wadumu milele.
2 देवताहरूका परमेश्‍वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Oh, Mshukuruni Mungu wa miungu, kwa maana uaminifu wa agano lake wadumu milele.
3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Oh, mshukuruni Bwana wa mabwana, kwa maana uaminifu wa agano lake wadumu milele.
4 उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्‍चर्य कामहरू गर्नुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mshukuruni yeye ambaye peke yake hufanya maajabu makuu, kwa maana uaminifu wa agano lake wadumu milele.
5 उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Yeye aliyezifanya mbingu kwa hekima zake, kwa maana uaminifu wa agano lake wadumu milele.
6 उहाँलाई धन्यवाद देओ जसले पृथ्वीलाई पानीहरूमाथि फैलाउनुभयो किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mshukuruni yeye alitetandaza nchi juu ya maji, kwa maana uaminifu wa agano lake wadumu milele.
7 उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Yeye aliyefanya mianga mikubwa, kwa maana uaminifu wa agano lake wadumu milele.
8 उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्‍य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mshukuruni yeye alipaye jua kutawala mchana, kwa maana uaminifu wa agano lake wadumu milele.
9 रातमा राज्‍य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mwezi na nyota vitawale usiku, kwa maana uaminifu wa agano lake wadumu milele.
10 उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mshukuruni yeye aliyewaua wazaliwa wa kwanza wa Misri, kwa maana uaminifu wa agano lake wadumu milele.
11 र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Akawatoa Waisraeli kati yao, kwa maana uaminifu wa agano lake wadumu milele.
12 शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Kwa mkono hodari na mkono ulio nyooshwa, kwa maana uaminifu wa agano lake wadumu milele.
13 उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mshukuruni yeye aliyeigawa Bahari ya Shamu, kwa maana uaminifu wa agano lake wadumu milele.
14 र इस्राएललाई त्‍यसको माझबाट हिंडाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Na kuwapitisha Waisraeli katikati yake, kwa maana uaminifu wa agano lake wadumu milele.
15 तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्‍ट पार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Lakini akamtupa Farao na jeshi lake katika Bahari ya Shamu, kwa maana uaminifu wa agano lake wadumu milele.
16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्‍थानमा डोर्‍याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mshukuruni yeye aliye waongoza watu wake jangwani, kwa maana uaminifu wa agano lake ni wa milele.
17 उहाँलाई जसले महान् राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Yeye aliyewaua wafalme wakuu, kwa maana uaminifu wa agano lake ni wadumu milele.
18 उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mshukuruni yeye aliyewaua wafalme maarufu, kwa maana uaminifu wa agano lake wadumu milele.
19 एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Sihoni mfalme wa Waamori, kwa maana uaminifu wa agano lake wadumu milele.
20 र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Na Ogu, mfalme wa Bashani, kwa maana uaminifu wa agano lake wadumu milele.
21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mshukuruni yeye aliyewapa nchi yao kama urithi, kwa maana uaminifu wa agano lake wadumu milele.
22 उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Urithi wa Israel mtumishi wake, kwa maana uaminifu wa agano lake wadumu milele.
23 उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Yeye aliyetukumbuka na kutusaidia katika unyonge wetu, kwa maana uaminifu wa agano lake wadumu milele.
24 उहाँलाई धन्यवाद देओ जसले हाम्रा शत्रुहरूमाथि हामीलाई विजय दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Mshukuruni yeye ambaye ametupa ushindi juu ya aui zetu, kwa maana uaminifu wa agano lake wadumu milele.
25 जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Yeye awapaye chakula viumbe hai wote, kwa maana uaminifu wa agano lake wadumu milele.
26 स्वर्गका परमेश्‍वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Oh, mshukuruni Mungu wa mbinguni, kwa maana uaminifu wa agano lake wadumu milele.

< भजनसंग्रह 136 >