< भजनसंग्रह 136 >
1 परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Gloru la Eternulon, ĉar Li estas bona, Ĉar eterna estas Lia boneco.
2 देवताहरूका परमेश्वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Gloru la Dion de la dioj, Ĉar eterna estas Lia boneco.
3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Gloru la Sinjoron de la sinjoroj, Ĉar eterna estas Lia boneco.
4 उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्चर्य कामहरू गर्नुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
La sola faranto de grandaj mirakloj, Ĉar eterna estas Lia boneco;
5 उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kiu saĝege kreis la ĉielon, Ĉar eterna estas Lia boneco;
6 उहाँलाई धन्यवाद देओ जसले पृथ्वीलाई पानीहरूमाथि फैलाउनुभयो किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kiu etendis la teron super la akvo, Ĉar eterna estas Lia boneco;
7 उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kiu kreis grandajn lumojn, Ĉar eterna estas Lia boneco;
8 उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
La sunon, por regi en la tago, Ĉar eterna estas Lia boneco;
9 रातमा राज्य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
La lunon kaj la stelojn, por regi en la nokto, Ĉar eterna estas Lia boneco;
10 उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kiu batis Egiptujon en ĝiaj unuenaskitoj, Ĉar eterna estas Lia boneco;
11 र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kaj elkondukis el ĝia mezo Izraelon, Ĉar eterna estas Lia boneco;
12 शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Per forta mano kaj etendita brako, Ĉar eterna estas Lia boneco;
13 उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kiu fendis la Ruĝan Maron en du partojn, Ĉar eterna estas Lia boneco;
14 र इस्राएललाई त्यसको माझबाट हिंडाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kaj trairigis Izraelon tra ĝi, Ĉar eterna estas Lia boneco;
15 तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्ट पार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kaj enĵetis Faraonon kaj lian militistaron en la Ruĝan Maron, Ĉar eterna estas Lia boneco;
16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्थानमा डोर्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kiu kondukis Sian popolon tra la dezerto, Ĉar eterna estas Lia boneco;
17 उहाँलाई जसले महान् राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kiu batis grandajn reĝojn, Ĉar eterna estas Lia boneco;
18 उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kaj mortigis reĝojn potencajn, Ĉar eterna estas Lia boneco;
19 एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Siĥonon, reĝon de la Amoridoj, Ĉar eterna estas Lia boneco;
20 र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kaj Ogon, reĝon de Baŝan, Ĉar eterna estas Lia boneco;
21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kaj donis ilian landon kiel heredon, Ĉar eterna estas Lia boneco;
22 उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Heredon al Lia sklavo Izrael, Ĉar eterna estas Lia boneco;
23 उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kiu rememoris nin, kiam ni estis humiligitaj, Ĉar eterna estas Lia boneco;
24 उहाँलाई धन्यवाद देओ जसले हाम्रा शत्रुहरूमाथि हामीलाई विजय दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kaj liberigis nin de niaj premantoj, Ĉar eterna estas Lia boneco;
25 जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Kiu donas panon al ĉiu karno, Ĉar eterna estas Lia boneco.
26 स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Gloru la Dion de la ĉielo, Ĉar eterna estas Lia boneco.