< भजनसंग्रह 135 >
1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।
Алілуя! Хваліть ім’я Господа! Хваліть, слуги Господні,
2 तिमीहरू जो परमप्रभुको मन्दिरमा, हाम्रा परमेश्वरको मन्दिरको चोकहरूमा खडा हुन्छौ ।
що стоять у домі Господньому, у дворах дому Бога нашого!
3 परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो ।
Хваліть Господа, бо добрий Господь; співайте імені Його, бо це приємно,
4 किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ ।
адже Господь вибрав Собі Якова, Ізраїля – як власність для Себе.
5 परमप्रभु महान् हुनुहुन्छ भनी म जान्दछु, कि हाम्रो परमप्रभु सबै देवताभन्दा माथि हुनुहुन्छ ।
Бо пізнав я, що великий Господь і Володар наш [вищий] від усіх богів.
6 परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्यही गर्नुहुन्छ ।
Усе, що бажає Господь, Він робить на небесах і на землі, у морях і в усіх безоднях океану.
7 उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्नो भण्डारबाट हुरीबतास निकाल्नुहुन्छ ।
Піднімає хмари від краю землі, творить блискавки з дощем, виводить вітер зі Своїх сховищ.
8 उहाँले मिश्रदेशमा मानिस र पशु दुवैको जेठोलाई मार्नुभयो ।
Він вразив первістків Єгипту, від людини до худоби.
9 उहाँले मिश्रदेशमा तिमीहरूका माझमा फारो र त्यसका सबै सेवकहरूका विरुद्धमा चिन्हहरू र चमत्कारहरू पठाउनुभयो ।
Послав знамення й чудеса посеред тебе, о Єгипте, на фараона й на всіх його слуг.
10 उहाँले धेरै जातिलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो,
Він вразив численні народи й убив могутніх царів:
11 एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।
Сіхона, царя аморейського, Оґа, царя Башану, і всі царства Ханаану,
12 तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिस इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो ।
і віддав землі їхні у спадок, у спадок народові Своєму, Ізраїлеві.
13 हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्छ । हे परमप्रभु, तपाईंको किर्ती सबै पुस्तामा रहन्छ ।
Господи, ім’я Твоє – навіки; Господи, пам’ять про Тебе – з роду в рід.
14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्ना सेवकहरूमाथि दया देखाउनुहुन्छ ।
Адже судитиме Господь народ Свій і змилується над рабами Своїми.
15 जातिहरूका मूर्तीहरू सुन र चाँदीका मानसिहरूका हातका कामहरू हुन् ।
Ідоли народів – [лише] срібло й золото, витвір рук людських.
16 ती मूर्तीहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् ।
Є в них вуста, але вони не говорять; у них є очі, але вони не бачать;
17 तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ ।
у них є вуха, але вони не чують, і немає дихання в устах їхніх.
18 तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति हुन्छ ।
Подібними до них нехай стануть ті, хто їх робить, усі, хто на них надію покладає.
19 हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर ।
Доме Ізраїлів, благослови Господа! Доме Ааронів, благослови Господа!
20 हे लेवीका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर ।
Доме Левіїв, благослови Господа! Ті, хто Господа боїться, благословіть Господа!
21 सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
Благословенний із Сіону Господь, Який мешкає в Єрусалимі! Алілуя!