< भजनसंग्रह 132 >
1 हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्टहरू याद गर्नुहोस् ।
Una canción de ascensos. Yahvé, recuerda a David y toda su aflicción,
2 तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।
cómo juró a Yahvé, y se lo juró al Poderoso de Jacob:
3 तिनले भने, “म मेरो घरभित्र पस्नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन,
“Seguramente no entraré en la estructura de mi casa, ni subir a mi cama;
4 म आफ्ना आँखालाई सुत्न दिनेछैन न त आफ्ना पलकहरूलाई विश्राम दिनेछु,
No daré sueño a mis ojos, o sueño a mis párpados,
5 जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
hasta que encuentre un lugar para Yahvé, una morada para el Poderoso de Jacob”.
6 हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं ।
He aquí que lo hemos oído en Efrata. Lo encontramos en el campo de Jaar.
7 हामी परमेश्वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।
“Entraremos en su morada. Nos postraremos ante su escabel”.
8 हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्नुहोस् ।
Levántate, Yahvé, a tu lugar de descanso, y el arca de tu fuerza.
9 तपाईंका पुजारीहरूले इमानदारीताको वस्त्र लगाऊन् । तपाईंका विश्वासयोग्य जनहरू आनन्दले कराऊन् ।
Que tus sacerdotes se revistan de justicia. ¡Que tus santos griten de alegría!
10 तपाईंको सेवक दाऊदको खातिर, तपाईंको अभिषिक्त राजाबाट नतर्किनुहोस् ।
Por tu siervo David, no apartes el rostro de tu ungido.
11 परमप्रभुले दाऊदसित पक्का शपथ खानुभयो, एउटा पक्का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्नेछु ।
Yahvé ha jurado a David en verdad. No se apartará de él: “Pondré el fruto de tu cuerpo en tu trono.
12 तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्नेछन् ।”
Si tus hijos cumplen mi pacto, mi testimonio que les enseñaré, sus hijos también se sentarán en tu trono para siempre”.
13 निश्चय नै परमप्रभुले सियोनलाई रोज्नुभएको छ । उहाँको आफ्नो आसनको निम्ति उहाँले त्यसको इच्छा गर्नुभएको छ ।
Porque Yahvé ha elegido a Sión. Él la ha deseado para su habitación.
14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्नेछु किनकि म यसलाई चाहन्छु ।
“Este es mi lugar de descanso para siempre. Viviré aquí, pues lo he deseado.
15 म त्यसलाई प्रशस्त मात्रमा अन्नको आशिष् दिनेछु । त्यसका गरीबलाई म रोटीले तृप्त पार्ने छु ।
Bendeciré abundantemente su provisión. Satisfaré a sus pobres con pan.
16 त्यसका पुजारीहरूलाई म उद्धारको वस्त्र पहिराउनेछु । त्यसका विश्वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् ।
También vestiré a sus sacerdotes con la salvación. Sus santos gritarán de alegría.
17 दाऊदको निम्ति त्यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्त जनको निम्ति एउटा बत्ती राख्नेछु ।
Haré brotar allí el cuerno de David. He ordenado una lámpara para mi ungido.
18 त्यसका शत्रुहरूलाई म लाजले ढाक्नेछु, तर त्यसको शीरमा त्यसको मुकुट चम्किनेछ ।”
vestiré de vergüenza a sus enemigos, pero en él mismo, su corona brillará”.