< भजनसंग्रह 132 >

1 हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्‍टहरू याद गर्नुहोस् ।
Canticum graduum. Memento, Domine, David, et omnis mansuetudinis ejus:
2 तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्‌सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।
sicut juravit Domino; votum vovit Deo Jacob:
3 तिनले भने, “म मेरो घरभित्र पस्‍नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन,
Si introiero in tabernaculum domus meæ; si ascendero in lectum strati mei;
4 म आफ्‍ना आँखालाई सुत्‍न दिनेछैन न त आफ्‍ना पलकहरूलाई विश्राम दिनेछु,
si dedero somnum oculis meis, et palpebris meis dormitationem,
5 जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
et requiem temporibus meis, donec inveniam locum Domino, tabernaculum Deo Jacob.
6 हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं ।
Ecce audivimus eam in Ephrata; invenimus eam in campis silvæ.
7 हामी परमेश्‍वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।
Introibimus in tabernaculum ejus; adorabimus in loco ubi steterunt pedes ejus.
8 हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्‍नुहोस् ।
Surge, Domine, in requiem tuam, tu et arca sanctificationis tuæ.
9 तपाईंका पुजारीहरूले इमानदारीताको वस्‍त्र लगाऊन् । तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले कराऊन् ।
Sacerdotes tui induantur justitiam, et sancti tui exsultent.
10 तपाईंको सेवक दाऊदको खातिर, तपाईंको अभिषिक्‍त राजाबाट नतर्किनुहोस् ।
Propter David servum tuum non avertas faciem christi tui.
11 परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।
Juravit Dominus David veritatem, et non frustrabitur eam: De fructu ventris tui ponam super sedem tuam.
12 तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्‍था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन् ।”
Si custodierint filii tui testamentum meum, et testimonia mea hæc quæ docebo eos, et filii eorum usque in sæculum sedebunt super sedem tuam.
13 निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।
Quoniam elegit Dominus Sion: elegit eam in habitationem sibi.
14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।
Hæc requies mea in sæculum sæculi; hic habitabo, quoniam elegi eam.
15 म त्यसलाई प्रशस्‍त मात्रमा अन्‍नको आशिष्‌ ‌‌दिनेछु । त्यसका गरीबलाई म रोटीले तृप्‍त पार्ने छु ।
Viduam ejus benedicens benedicam; pauperes ejus saturabo panibus.
16 त्यसका पुजारीहरूलाई म उद्धारको वस्‍त्र पहिराउनेछु । त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् ।
Sacerdotes ejus induam salutari, et sancti ejus exsultatione exsultabunt.
17 दाऊदको निम्ति त्‍यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्‍त जनको निम्ति एउटा बत्ती राख्‍नेछु ।
Illuc producam cornu David; paravi lucernam christo meo.
18 त्यसका शत्रुहरूलाई म लाजले ढाक्‍नेछु, तर त्‍यसको शीरमा त्‍यसको मुकुट चम्किनेछ ।”
Inimicos ejus induam confusione; super ipsum autem efflorebit sanctificatio mea.

< भजनसंग्रह 132 >