< भजनसंग्रह 130 >
1 हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।
A song of ascents. Out of the depths I call to you, Lord.
2 हे परमप्रभु, मेरो सोर सुन्नुहोस् । दयाको निम्ति मेरो बिन्ती सुन्नलाई तपाईंका कानहरू सचेत होऊन् ।
Lord, hear my voice: give heed with your ears to my loud plea.
3 हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?
If you should mark sin, Lord, O Lord, who could stand?
4 तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्छ ।
But with you is forgiveness, that you may be feared.
5 म परमप्रभुमा पर्खिन्छु, मेरो प्राणले पर्खिन्छु र उहाँको वचनमा म आसा गर्छु ।
I wait for the Lord, I wait for his word,
6 रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।
I look for the Lord more than watchman for morning, than watchman for morning.
7 ए इस्राएल, परमप्रभुमा आसा गर । परमप्रभु कृपालु हुनुहुन्छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्छ ।
Israel, hope in the Lord: with the Lord there is love with him plenteous redemption.
8 इस्राएललाई त्यसका सबै पापहरूबाट उद्धार गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
And he redeems Israel from all his iniquities.