< भजनसंग्रह 129 >
1 “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्,” इस्राएलले भनोस् ।
song [the] step many to vex me from youth my to say please Israel
2 “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् ।
many to vex me from youth my also not be able to/for me
3 हलो जोत्नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्ना हलोको डोबलाई लामो बनाए ।
upon back/rim/brow my to plow/plot to plow/plot to prolong (to/for furrow their *Q(K)*)
4 परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्टहरूका डोरीहरू काट्नुभएको छ ।”
LORD righteous to cut cord wicked
5 सियोनलाई घृणा गर्नेहरू सबै जना लाजमा परून् र फर्केर जाऊन् ।
be ashamed and to turn back all to hate Zion
6 तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,
to be like/as grass roof which/that former to draw to wither
7 जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्नको बिटा बाँध्नेको छाती ढाक्न सक्दैन ।
which/that not to fill palm his to reap and bosom his to bind
8 त्यो बाटो हिंड्नेहरूले यसो नभनून्, “परमप्रभुको आशिष् तिमीमाथि रहोस् । तिमीलाई परमप्रभुको नाउँमा हामी आशिष् दिन्छौं ।”
and not to say [the] to pass blessing LORD to(wards) you to bless [obj] you in/on/with name LORD