< भजनसंग्रह 129 >

1 “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्,” इस्राएलले भनोस् ।
從我少年,世人就與我為難,惟願以色列子民再說一遍:
2 “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् ।
從我少年,世人就與我為難,然而他們卻未能將我推翻。
3 हलो जोत्‍नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्‍ना हलोको डोबलाई लामो बनाए ।
又像農夫在我背上耕田,使所犁的溝畦又長又遠;
4 परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्‍टहरूका डोरीहरू काट्नुभएको छ ।”
但上主卻公道不偏,將惡人的繩索割斷。
5 सियोनलाई घृणा गर्नेहरू सबै जना लाजमा परून् र फर्केर जाऊन् ।
願一切仇恨熙雍的人民,個個蒙受羞辱,轉身逃遁!
6 तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,
願他們像屋頂上的禾草,尚未吐出秀穗,就已枯槁!
7 जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्‍नको बिटा बाँध्‍नेको छाती ढाक्‍न सक्दैन ।
收割的人,手拿一把不滿,捆禾的人,懷抱一束不顯。
8 त्यो बाटो हिंड्‍नेहरूले यसो नभनून्, “परमप्रभुको आशिष्‌‌‌ तिमीमाथि रहोस् । तिमीलाई परमप्रभुको नाउँमा हामी आशिष्‌ ‌‌दिन्छौं ।”
過路的人們不會再說:願上主的祝福臨於您們,我們奉上主名祝福您們。

< भजनसंग्रह 129 >