< भजनसंग्रह 128 >
1 परमप्रभुको आदर गर्ने हरेक व्यक्ति धन्यको हो जो उहाँका मार्गहरूमा हिंड्छ ।
A song of ascents. Blessed are all who fear the LORD, who walk in His ways!
2 तिम्रो हातले जे दिन्छ, त्यसमा तिमी आनन्दित हुनेछौ । तिमी आशिषित् र सम्वृद्ध हुनेछौ ।
For when you eat the fruit of your labor, blessings and prosperity will be yours.
3 तिम्रो घरमा तिम्री पत्नी फल्दोफुल्दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।
Your wife will be like a fruitful vine flourishing within your house, your sons like olive shoots sitting around your table.
4 हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्चै आशिषित् हुनेछ ।
In this way indeed shall blessing come to the man who fears the LORD.
5 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्वृद्धि देख्न सक्नेछौ ।
May the LORD bless you from Zion, that you may see the prosperity of Jerusalem all the days of your life,
6 आफ्ना छोराछोरीका छोराछोरी हेर्नलाई तिमी बाँच्नेछौ । इस्राएलमा शान्ति होस् ।
that you may see your children’s children. Peace be upon Israel!