< भजनसंग्रह 127 >
1 परमप्रभुले नै घर बनाउनुभएन भने, त्यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।
“A psalm of the steps, or the goings up. By Solomon.” Except the LORD build the house, The builders labor in vain; Except the LORD guard the city, The watchman waketh in vain.
2 बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्छ, किनकि परमप्रभुका प्रियजन सुत्दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ ।
In vain ye rise up early, and go to rest late, And eat the bread of care! The same giveth he his beloved one in sleep.
3 हेर, छोराछोरी परमप्रभुबाट प्राप्त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।
Behold! sons are an inheritance from the LORD, And the fruit of the womb is his gift.
4 योद्धाको हातका काँडहरूझैं जवानी अवस्थाका छोराछोरी हुन्छन् ।
As arrows in the hand of the warrior, So are the sons of young men:
5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको छ । त्यसले ढोकामा त्यसका शत्रुहरूको सामना गर्दा त्यो लज्जित हुनेछैन ।
Happy the man that hath his quiver full of them! They shall not be put to shame, When they speak with adversaries in the gate.