< भजनसंग्रह 126 >
1 परमप्रभुले सियोनको सुदिन फर्काउनुहुँदा, हामीलाई सपना देखेजस्तो भयो ।
Wallfahrtslieder. Als Jahwe das Geschick Zions wendete, waren wir wie Träumende.
2 तब हाम्रा मुखहरू हाँसोले र हाम्रा जिब्राहरू गीत भरिएका थिए । तब जातिहरूका माझमा तिनीहरूले भने, “परमप्रभुले तिनीहरूको निम्ति महान् कुराहरू गर्नुभएको छ ।”
Da war unser Mund voll Lachens, und unsere Zunge voll Jubels; da sprach man unter den Heiden: “Jahwe hat Großes an diesen gethan!”
3 परमप्रभुले हाम्रो निम्ति महान् कुरा गर्नुभयो । हामी कति खुसी थियौं ।
Großes hatte Jahwe an uns gethan; wir waren fröhlich.
4 हे परमप्रभु, नेगेवका नदीहरूझैं हाम्रा सुदिनहरू फर्काउनुहोस् ।
Wende, Jahwe, unser Geschick, gleich Rinnsalen im Südland.
5 आँशु झार्दै बीउ छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन् ।
Die unter Thränen säeten, werden mit Jubel ernten.
6 बीउ बोकेर छर्नलाई रुँदै जानेहरू अन्नका बिटाहरू लिएर आनन्दको गीत गाउँदै फेरि फर्किनेछ ।
Unter beständigem Weinen geht man dahin und trägt den Samen zur Aussaat; mit Jubel kehrt man heim und trägt seine Garben!