< भजनसंग्रह 125 >

1 परमप्रभुमा भरोसा गर्नेहरू सियोन पर्वतजस्तै अटल र सदासर्वदा रहिरहन्छन् ।
[A Song of Ascents.] Those who trust in the LORD are as Mount Zion, which cannot be moved, but remains forever.
2 जसरी पहाडहरूले यरूशलेमलाई घरेको छ त्यसरी नै परमप्रभुले आफ्ना मानिसहरूलाई अहिले र सदार्वदा घेर्नहुन्छ ।
As the mountains surround Jerusalem, so the LORD surrounds his people from this time forth and forevermore.
3 दुष्‍टहरूका राजदण्डले धर्मीहरूका देशमा राज्‍य गर्नुहुन्‍न । अन्‍यथा धर्मीहरूले जे खराब छ त्यही गर्न सक्‍छन् ।
For the scepter of wickedness won't remain over the allotment of the righteous; so that the righteous won't use their hands to do evil.
4 हे परमप्रभु, असलहरू र आफ्‍ना हृदयहरूमा सोझो हुनेहरूलाई असलै गर्नुहोस् ।
Do good, LORD, to those who are good, to those who are upright in their hearts.
5 तर आफ्‍ना कुटिल मार्गहरूतिर लाग्‍नेहरूलाई परमप्रभुले तिनीहरूलाई खराबी गर्नेहरूसँगै डोर्‍याउनुहुनेछ । इस्राएलमा शान्ति होस् ।
But as for those who turn aside to their crooked ways, The LORD will lead them away with evildoers. Peace be on Israel.

< भजनसंग्रह 125 >