< भजनसंग्रह 124 >

1 अब इस्राएलले भनोस्, “परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
If it had not been Yhwh who was on our side, now may Israel say;
2 मानिसहरू हाम्रा विरुद्धमा खडा हुँदा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
If it had not been Yhwh who was on our side, when men rose up against us:
3 तब हाम्रा विरुद्धमा तिनीहरूका रिस दन्किंदा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए ।
Then they had swallowed us up quick, when their wrath was kindled against us:
4 पानीले हामीलाई बगाएर लानेथियो । पानीको भलले हामीलाई बगाउनेथियो ।
Then the waters had overwhelmed us, the stream had gone over our soul:
5 तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।”
Then the proud waters had gone over our soul.
6 परमप्रभुको प्रशंसा होस्, जसले हामीलाई तिनीहरूको दाँतले धुजाधुजा हुन दिनुभएको छैन ।
Blessed be Yhwh, who hath not given us as a prey to their teeth.
7 शिकारीको पासोबाट चरा फुत्‍केझैं हामी भएका छौं । पासो चुँडेको छ र हामी उम्केका छौं ।
Our soul is escaped as a bird out of the snare of the fowlers: the snare is broken, and we are escaped.
8 परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
Our help is in the name of Yhwh, who made heaven and earth.

< भजनसंग्रह 124 >