< भजनसंग्रह 123 >

1 तपाईंतिर म आफ्‍ना आँखा उचल्छु, तपाईं जो स्वर्गमा विराजमान हुनुहुन्छ ।
שיר המעלות אליך נשאתי את-עיני-- הישבי בשמים
2 हेर, जसरी कमाराहरूका आँखाले आफ्‍ना मालिकको हाततिर हेर्छन्, कमारीहरूका आँखाले आफ्‍ना मालिक्‍नीको हाततिर हेर्छन्, त्यसरी नै हाम्रा आँखाले परमप्रभु हाम्रा परमेश्‍वरतिर हेर्छन्, जबसम्म उहाँले हामीलाई कृपा गर्नुहुन्‍न ।
הנה כעיני עבדים אל-יד אדוניהם-- כעיני שפחה אל-יד גברתה כן עינינו אל-יהוה אלהינו-- עד שיחננו
3 हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्, किनकि हामी अपमानले भरिएका छौं ।
חננו יהוה חננו כי-רב שבענו בוז
4 अभिमानीहरूका गिल्ला र घमण्डीहरूका घृणाले भरिएको भन्दा पनि धेरै हामी भएका छौं ।
רבת שבעה-לה נפשנו הלעג השאננים הבוז לגאיונים (לגאי יונים)

< भजनसंग्रह 123 >