< भजनसंग्रह 123 >
1 तपाईंतिर म आफ्ना आँखा उचल्छु, तपाईं जो स्वर्गमा विराजमान हुनुहुन्छ ।
Cantique des degrés. J'ai levé mes yeux vers toi, qui demeures au ciel.
2 हेर, जसरी कमाराहरूका आँखाले आफ्ना मालिकको हाततिर हेर्छन्, कमारीहरूका आँखाले आफ्ना मालिक्नीको हाततिर हेर्छन्, त्यसरी नै हाम्रा आँखाले परमप्रभु हाम्रा परमेश्वरतिर हेर्छन्, जबसम्म उहाँले हामीलाई कृपा गर्नुहुन्न ।
Comme les yeux des serviteurs sont sur les mains de leurs maîtres, et les yeux des servantes sur les mains de la maîtresse; voilà qu'ainsi nos yeux seront sur le Seigneur notre Dieu, jusqu'à ce qu'il nous fasse miséricorde.
3 हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्, किनकि हामी अपमानले भरिएका छौं ।
Aie pitié de nous, Seigneur, aie pitié de nous, parce que nous sommes accablés sous les mépris.
4 अभिमानीहरूका गिल्ला र घमण्डीहरूका घृणाले भरिएको भन्दा पनि धेरै हामी भएका छौं ।
Notre âme en est pleine, et déborde: que l'opprobre soit pour les riches, et le mépris pour les superbes!