< भजनसंग्रह 122 >
1 तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।
A Song of Ascents; of David. I was glad when they said unto me, Let us go unto the house of Jehovah.
2 ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।
Our feet are standing Within thy gates, O Jerusalem,
3 ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो ।
Jerusalem, that art builded As a city that is compact together;
4 कुलहरू, परमप्रभुका कुलहरू, इस्राएलको साक्षीको रूपमा परमप्रभुको नाउँमा धन्यवाद दिनलाई यरूशलेममा जान्छन् ।
Whither the tribes go up, even the tribes of Jehovah, [For] an ordinance for Israel, To give thanks unto the name of Jehovah.
5 त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए ।
For there are set thrones for judgment, The thrones of the house of David.
6 यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । “तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् ।
Pray for the peace of Jerusalem: They shall prosper that love thee.
7 तेरो रक्षा गर्ने पर्खालहरूभित्र शान्ति रहोस् र तिनीहरूले तेरा किल्लाहरूभित्र शान्ति पाऊन् ।”
Peace be within thy walls, And prosperity within thy palaces.
8 मेरा दाजुभाइ र मित्रहरूका खातिर, म भन्नेछु, “तँभित्र शान्ति होस् ।”
For my brethren and companions’ sakes, I will now say, Peace be within thee.
9 परमप्रभु हाम्रा परमेश्वरको मन्दिरको खातिर, म तेरो भलाइ खोज्नेछु ।
For the sake of the house of Jehovah our God I will seek thy good.