< भजनसंग्रह 122 >

1 तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्‍दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।
大卫上行之诗。 人对我说:我们往耶和华的殿去, 我就欢喜。
2 ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।
耶路撒冷啊, 我们的脚站在你的门内。
3 ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो ।
耶路撒冷被建造, 如同连络整齐的一座城。
4 कुलहरू, परमप्रभुका कुलहरू, इस्राएलको साक्षीको रूपमा परमप्रभुको नाउँमा धन्यवाद दिनलाई यरूशलेममा जान्छन् ।
众支派,就是耶和华的支派,上那里去, 按以色列的常例称赞耶和华的名。
5 त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए ।
因为在那里设立审判的宝座, 就是大卫家的宝座。
6 यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । “तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् ।
你们要为耶路撒冷求平安! 耶路撒冷啊,爱你的人必然兴旺!
7 तेरो रक्षा गर्ने पर्खालहरूभित्र शान्ति रहोस् र तिनीहरूले तेरा किल्लाहरूभित्र शान्ति पाऊन् ।”
愿你城中平安! 愿你宫内兴旺!
8 मेरा दाजुभाइ र मित्रहरूका खातिर, म भन्‍नेछु, “तँभित्र शान्ति होस् ।”
因我弟兄和同伴的缘故,我要说: 愿平安在你中间!
9 परमप्रभु हाम्रा परमेश्‍वरको मन्‍दिरको खातिर, म तेरो भलाइ खोज्‍नेछु ।
因耶和华—我们 神殿的缘故, 我要为你求福!

< भजनसंग्रह 122 >