< भजनसंग्रह 121 >
1 पर्वतहरूतिर म आफ्ना आँखाहरू उचाल्नेछु । मेरो सहायता कहाँबाट आउनेछ?
Mis ojos se elevan a las colinas: ¿de dónde vendrá mi ayuda?
2 मेरो सहायता परमप्रभुबाट आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
Tu ayuda viene del Señor, que hizo los cielos y la tierra.
3 उहाँले तिम्रो खुट्टा चिप्लन दिनुहुनेछैन । तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्नुहुनेछैन ।
Que no deja que resbale tu pie; no tiene necesidad de dormir el que te guarda.
4 हेर, इस्राएलको रक्षक न त उँघ्नुहुन्छ न त सुत्नुहुन्छ ।
Mira, los ojos del guardián de Israel no se cerrarán en el sueño.
5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ । परमप्रभु तिम्रो दाहिने हातपट्टिको छहारी हुनुहुन्छ ।
El Señor es tu guardián; el Señor es tu sombra en tu mano derecha.
6 दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्द्रमाले कुनै हानि गर्नेछ ।
No te tocará el sol en el día ni la luna en la noche.
7 पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ ।
El Señor te mantendrá a salvo de todo mal; Él cuidará tu alma.
8 तिमीले गर्ने सबै कुरामा परमप्रभुले तिमीलाई अहिले र सदासर्वदा रक्षा गर्नुहुनेछ ।
El Señor cuidará de tu salida y de tu entrada, desde este momento y para siempre.