< भजनसंग्रह 120 >

1 मेरो संकष्‍टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।
Песнь восхождения. К Господу воззвал я в скорби моей, и Он услышал меня.
2 हे परमप्रभु, आफ्‍ना ओठहरूले झुटा बोल्नेहरू र आफ्‍ना जिब्राहरूले छल गर्नेहरूबाट मेरो जीवनलाई बचाउनुहोस् ।
Господи! избавь душу мою от уст лживых, от языка лукавого.
3 ए झुटा बोल्ने जिब्रो, उहाँले तँलाई कस्तो दण्ड दिनुहुनेछ र तँलाई अझ धेरै के गर्नुहुनेछ?
Что даст тебе и что прибавит тебе язык лукавый?
4 झाडीको भुङ्‍ग्रोमा तताएर धारिलो बनाइएको योद्धाका काँडहरूले उहाँले तँलाई दण्ड दिनुहुनेछ ।
Изощренные стрелы сильного, с горящими углями дроковыми.
5 मलाई धिक्‍कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें ।
Горе мне, что я пребываю у Мосоха, живу у шатров Кидарских.
6 किनकि शान्तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु ।
Долго жила душа моя с ненавидящими мир.
7 म शान्तिको पक्षमा छु, तर जब म बोल्छु, तिनीहरू युद्धको निम्ति हुन्छन् ।
Я мирен: но только заговорю, они - к войне.

< भजनसंग्रह 120 >