< भजनसंग्रह 12 >

1 हे परमप्रभु, मदत गर्नुहोस्, किनकि धर्मीहरू लोप भएका छन् । विश्‍वासीचाहिं हराएको छ ।
εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ σῶσόν με κύριε ὅτι ἐκλέλοιπεν ὅσιος ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων
2 हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।
μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν
3 हे परमप्रभु, चाप्लुसी सबै ओठ, ठुला कुरा गर्ने हरेक जिब्रोलाई काट्नुहोस् ।
ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα
4 यसो भन्‍ने यिनीहरू नै हुन्, “हाम्रो जिब्रोले नै हामीले जित्छौं । जब हाम्रा ओठहरू बोल्‍छन्, तब हामीमाथि को मालिक हुन सक्छ र?”
τοὺς εἰπόντας τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστιν τίς ἡμῶν κύριός ἐστιν
5 परमप्रभु भन्‍नुहुन्छ, “गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्‍नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्‍छा तिनीहरू गर्छन् ।”
ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι λέγει κύριος θήσομαι ἐν σωτηρίᾳ παρρησιάσομαι ἐν αὐτῷ
6 परमप्रभुका वचनहरू पृथ्वीको भट्टिमा सातपल्‍ट शुद्ध पारिएका चाँदीझैं शुद्ध हुन्‍छन् ।
τὰ λόγια κυρίου λόγια ἁγνά ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως
7 तपाईं परमप्रभु हुनुहुन्छ । तपाईंले तिनीहरूलाई सुरक्षित राख्‍नुहुन्छ । तपाईंले धर्मी मानिसहरूलाई यो दुष्‍ट पुस्ताबाट र सदासर्वदा सुरक्षा दिनुहुन्छ ।
σύ κύριε φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα
8 मानवजातिका छोराछोरीका माझमा खराब कुराको प्रशंसा हुँदा दुष्‍टहरू चारैतिर हिंड्‍डुल गर्छन् ।
κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων

< भजनसंग्रह 12 >