< भजनसंग्रह 12 >
1 हे परमप्रभु, मदत गर्नुहोस्, किनकि धर्मीहरू लोप भएका छन् । विश्वासीचाहिं हराएको छ ।
For the music director. To the Sheminith. A psalm of David. Help, Lord, for all the good people have gone! Those who trust in you have disappeared from among the people on earth.
2 हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।
Everyone lies to their neighbors. They flatter with nice talk, but they don't mean what they say.
3 हे परमप्रभु, चाप्लुसी सबै ओठ, ठुला कुरा गर्ने हरेक जिब्रोलाई काट्नुहोस् ।
Stop their flattery, Lord, and silence their boasts—
4 यसो भन्ने यिनीहरू नै हुन्, “हाम्रो जिब्रोले नै हामीले जित्छौं । जब हाम्रा ओठहरू बोल्छन्, तब हामीमाथि को मालिक हुन सक्छ र?”
these people who say, “We will succeed through what we say; our mouths belong to us. We don't take orders from anyone!”
5 परमप्रभु भन्नुहुन्छ, “गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्छा तिनीहरू गर्छन् ।”
“Because of the violence the helpless have suffered, and because of the groans of the poor, I will rise up to defend them,” says the Lord. “I will give them the protection they have been longing for.”
6 परमप्रभुका वचनहरू पृथ्वीको भट्टिमा सातपल्ट शुद्ध पारिएका चाँदीझैं शुद्ध हुन्छन् ।
What the Lord says is trustworthy, as pure as silver refined seven times in a furnace.
7 तपाईं परमप्रभु हुनुहुन्छ । तपाईंले तिनीहरूलाई सुरक्षित राख्नुहुन्छ । तपाईंले धर्मी मानिसहरूलाई यो दुष्ट पुस्ताबाट र सदासर्वदा सुरक्षा दिनुहुन्छ ।
You, Lord will keep the oppressed safe; you will protect us from these kinds of people forever;
8 मानवजातिका छोराछोरीका माझमा खराब कुराको प्रशंसा हुँदा दुष्टहरू चारैतिर हिंड्डुल गर्छन् ।
even though the wicked are all around us, and evil is being promoted everywhere.