< भजनसंग्रह 119 >

1 तिनीहरू धन्य हुन् जसको मार्गहरू निर्दोष छन्, जो परमप्रभुको व्यवस्थामा हिंड्छन् ।
アレフ おのが道を全くして、主のおきてに歩む者はさいわいです。
2 तिनीहरू धन्य हुन् जसले उहाँका गहन आज्ञाहरू पालन गर्छन्, जसले आफ्‍नो सारा हृदयले उहाँको खोजी गर्छन् ।
主のもろもろのあかしを守り心をつくして主を尋ね求め、
3 तिनीहरूले कुनै खराबी गर्दैनन् । तिनीहरू उहाँका मार्गहरूमा हिंड्छन् ।
また悪を行わず、主の道に歩む者はさいわいです。
4 तपाईंले हामीलाई तपाईंका शिक्षाहरू पालन गर्ने आज्ञा दिनुभएको छ, ताकि हामी तिनलाई होसियारीसाथ पालन गर्न सकौं ।
あなたはさとしを命じて、ねんごろに守らせられます。
5 तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्थ्यो
どうかわたしの道を堅くして、あなたの定めを守らせてください。
6 तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।
わたしは、あなたのもろもろの戒めに目をとめる時、恥じることはありません。
7 मैले तपाईंको धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले म तपाईंलाई धन्यवाद दिनेछु ।
わたしは、あなたの正しいおきてを学ぶとき、正しい心をもってあなたに感謝します。
8 म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्‍ता नगर्नुहोस् ।
わたしはあなたの定めを守ります。わたしを全くお捨てにならないでください。
9 जवान व्‍यक्‍तिले आफ्नो मार्ग कसरी शुद्ध राख्‍न सक्छ? तपाईंको वचन पालन गरेर सक्‍छ ।
ベス 若い人はどうしておのが道を清く保つことができるでしょうか。み言葉にしたがって、それを守るよりほかにありません。
10 आफ्‍नो सारा हृदयले म तपाईंलाई खोज्‍दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।
わたしは心をつくしてあなたを尋ね求めます。わたしをあなたの戒めから迷い出させないでください。
11 तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।
わたしはあなたにむかって罪を犯すことのないように、心のうちにみ言葉をたくわえました。
12 हे परमप्रभु, तपाईं धन्यको हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
あなたはほむべきかな、主よ、あなたの定めをわたしに教えてください。
13 तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्‍नो मुखले घोषणा गरेको छु ।
わたしはくちびるをもって、あなたの口から出るもろもろのおきてを言いあらわします。
14 सारा धनसम्‍पत्तिमा भन्दा बढी म तपाईंको करारका आदेशहरूका मार्गमा आनन्‍दित हुन्‍छु ।
わたしは、もろもろのたからを喜ぶように、あなたのあかしの道を喜びます。
15 म तपाईंको सुझावहरूमा ध्‍यान गर्नेछु र तपाईंका मार्गहरूलाई वास्‍ता गर्नेछु ।
わたしは、あなたのさとしを思い、あなたの道に目をとめます。
16 म तपाईंका विधिहरूमा खुसी हुन्छु । तपाईंको वचन म बिर्सनेछैन ।
わたしはあなたの定めを喜び、あなたのみ言葉を忘れません。
17 आफ्‍नो सेवकप्रति कृपालु हुनुहोस् ताकि म बाँच्‍न र तपाईंको वचन पालन गर्न सकूँ ।
ギメル あなたのしもべを豊かにあしらって、生きながらえさせ、み言葉を守らせてください。
18 मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्‍न सकूँ ।
わたしの目を開いて、あなたのおきてのうちのくすしき事を見させてください。
19 देशमा म विदेशी हुँ । तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस् ।
わたしはこの地にあっては寄留者です。あなたの戒めをわたしに隠さないでください。
20 हर समय तपाईंका धार्मिक आदेशहरू जान्‍ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन् ।
わが魂はつねにあなたのおきてを慕って、絶えいるばかりです。
21 तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन् ।
あなたは、あなたの戒めから迷い出る高ぶる者、のろわれた者を責められます。
22 अनादर र अपमानबाट मलाई बचाउनुहोस्, किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु ।
わたしはあなたのあかしを守りました。彼らのそしりと侮りとをわたしから取り去ってください。
23 शासकहरूले मेरो षड्यन्त्र र निन्‍दा गरे पनि, तपाईंको सेवकले तपाईंका विधिहरूमा ध्‍यान दिन्‍छ ।
たといもろもろの君が座して、わたしをそこなおうと図っても、あなたのしもべは、あなたの定めを深く思います。
24 तपाईंका करारका आदेशहरू मेरो आनन्द हुन् र तिनीहरू मेरा सल्‍लाहकारहरू हुन् ।
あなたのあかしは、わたしを喜ばせ、わたしを教えさとすものです。
25 मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् ।
ダレス わが魂はちりについています。み言葉に従って、わたしを生き返らせてください。
26 तपाईंलाई मैले आफ्‍ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
わたしが自分の歩んだ道を語ったとき、あなたはわたしに答えられました。あなたの定めをわたしに教えてください。
27 तपाईंका सुझावहरूका मार्गहरू बुझ्‍ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्‍मका शिक्षाहरूमा म ध्‍यान गर्न सकूँ ।
あなたのさとしの道をわたしにわきまえさせてください。わたしはあなたのくすしきみわざを深く思います。
28 शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।
わが魂は悲しみによって溶け去ります。み言葉に従って、わたしを強くしてください。
29 छलको मार्ग मबाट हटाउनुहोस् । तपाईंको व्यवस्था अनुग्रहसाथ मलाई सिकाउनुहोस् ।
偽りの道をわたしから遠ざけ、あなたのおきてをねんごろに教えてください。
30 विश्‍वस्‍तताको मार्गलाई मैले चुनेको छु । तपाईंका धार्मिक आदेशहरूलाई सधैं मैले आफ्‍नो सामु राखेको छु ।
わたしは真実の道を選び、あなたのおきてをわたしの前に置きました。
31 तपाईंका करारका आदेशहरूमा म टाँसिन्छु । हे परमप्रभु, मलाई लाजमा नपार्नुहोस् ।
主よ、わたしはあなたのあかしに堅く従っています。願わくは、わたしをはずかしめないでください。
32 तपाईंका आज्ञाहरूका मार्गमा म दौडिनेछु, किनकि त्‍यसो गर्न तपाईंले मेरो हृदयलाई ठुलो बनाउनुहुन्छ ।
あなたがわたしの心を広くされるとき、わたしはあなたの戒めの道を走ります。
33 हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।
ヘ 主よ、あなたの定めの道をわたしに教えてください。わたしは終りまでこれを守ります。
34 मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्‍नो सारा हृदयले यो म पालन गर्नेछु ।
わたしに知恵を与えてください。わたしはあなたのおきてを守り、心をつくしてこれに従います。
35 तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्‍याउनुहोस्, किनकि त्‍यसमा हिंड्न म खुसी हुन्छु ।
わたしをあなたの戒めの道に導いてください。わたしはそれを喜ぶからです。
36 मेरो हृदयलाई तपाईंका करारका आदेशहरूतिर, र अधार्मिक फाइदाबाट टाढा लैजानुहोस् ।
わたしの心をあなたのあかしに傾けさせ、不正な利得に傾けさせないでください。
37 व्‍यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् ।
わたしの目をほかにむけて、むなしいものを見させず、あなたの道をもって、わたしを生かしてください。
38 तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो ।
あなたを恐れる者にかかわる約束をあなたのしもべに堅くしてください。
39 मलाई डर लाग्‍ने अपमानहरू हटाइदिनुहोस्, किनकि तपाईंका धार्मिक फैसलाहरू असल हुन्‍छन् ।
わたしの恐れるそしりを除いてください。あなたのおきては正しいからです。
40 हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् ।
見よ、わたしはあなたのさとしを慕います。あなたの義をもって、わたしを生かしてください。
41 हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् ।
ワウ 主よ、あなたの約束にしたがって、あなたのいつくしみと、あなたの救をわたしに臨ませてください。
42 तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु ।
そうすれば、わたしをそしる者に、答えることができます。わたしはあなたのみ言葉に信頼するからです。
43 मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।
またわたしの口から真理の言葉をことごとく除かないでください。わたしの望みはあなたのおきてにあるからです。
44 तपाईंको वचन म सदासर्वदा निरन्तर पालन गर्नेछु ।
わたしは絶えず、とこしえに、あなたのおきてを守ります。
45 म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु ।
わたしはあなたのさとしを求めたので、自由に歩むことができます。
46 तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्‍नेछु र म लाज मान्‍नेछैन ।
わたしはまた王たちの前にあなたのあかしを語って恥じることはありません。
47 तपाईंका आज्ञाहरूमा म खुसी हुन्छ, जसलाई म अति प्रेम गर्छु ।
わたしは、わたしの愛するあなたの戒めに自分の喜びを見いだすからです。
48 तपाईंका आज्ञाहरूतिर म आफ्‍ना हातहरू उचाल्नेछु, जसलाई म प्रेम गर्छु । तपाईंका विधिहरूमा म ध्‍यान गर्नेछु ।
わたしは、わたしの愛するあなたの戒めを尊び、あなたの定めを深く思います。
49 तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आसा दिनुभएको छ ।
ザイン どうか、あなたのしもべに言われたみ言葉を思い出してください。あなたはわたしにそれを望ませられました。
50 यो मेरो संकष्‍टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ ।
あなたの約束はわたしを生かすので、わが悩みの時の慰めです。
51 घमण्डीहरूले मेरो खिसी गरेका छन्, तापनि म तपाईंको व्यवस्थाबाट तर्केर टाढा गएको छैन ।
高ぶる者は大いにわたしをあざ笑います。しかしわたしはあなたのおきてを離れません。
52 हे परमप्रभु, प्राचीन कालदेखि नै मैले तपाईंका धार्मिक आदेशहरूका बारेमा विचार गरेको छु, र म आफैंलाई सान्त्वना दिन्छु ।
主よ、わたしはあなたの昔からのおきてを思い出して、みずから慰めます。
53 तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्‍टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको छ ।
あなたのおきてを捨てる悪しき者のゆえに、わたしは激しい憤りを起します。
54 म अस्थयी रूपमा बसोबास गर्ने घरमा तपाईंका विधिहरू नै मेरा गीतहरू भएका छन् ।
あなたの定めはわが旅の家で、わたしの歌となりました。
55 हे परमप्रभु, म रातको समयमा तपाईंको नाउँको बारेमा विचार गर्छु र म तपाईंको व्यवस्था पालन गर्छु ।
主よ、わたしは夜の間にあなたのみ名を思い出して、あなたのおきてを守ります。
56 यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु ।
わたしはあなたのさとしを守ったことによって、この祝福がわたしに臨みました。
57 परमप्रभु मेरो भाग हुनुहुन्छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु ।
ヘス 主はわたしの受くべき分です。わたしはあなたのみ言葉を守ることを約束します。
58 तपाईंको कृपाको निम्ति म दिलोज्यानले बिन्ती गर्छु । तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस् ।
わたしは心をつくして、あなたの恵みを請い求めます。あなたの約束にしたがって、わたしをお恵みください。
59 मैले आफ्‍ना मार्गहरू जाँच गरें र मेरा खुट्टाहरूलाई तपाईंका आदेशहरूतिर फर्काएँ ।
わたしは、あなたの道を思うとき、足をかえして、あなたのあかしに向かいます。
60 तपाईंका आज्ञाहरू पालन गर्न म हतार गर्छु र ढिलो गर्दिनँ ।
わたしはあなたの戒めを守るのに、すみやかで、ためらいません。
61 दुष्‍टहरूका डोरीहरूले मलाई पासोमा परेका छन् । मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैन ।
たとい、悪しき者のなわがわたしを捕えても、わたしはあなたのおきてを忘れません。
62 तपाईंका धार्मिक आदेशहरूका कारणले तपाईंलाई धन्यवाद दिन म मध्यरातमा उठ्छु ।
わたしはあなたの正しいおきてのゆえに夜半に起きて、あなたに感謝します。
63 तपाईंको आदर गर्ने सबै जना, तपाईंका सुझावहरू पालन गर्ने सबै जानको म एक जना मित्र हुँ ।
わたしは、すべてあなたを恐れる者、またあなたのさとしを守る者の仲間です。
64 हे परमप्रभु, पृथ्वी तपाईंको करारको विश्‍वस्‍तताले भरिपूर्ण छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
主よ、地はあなたのいつくしみで満ちています。あなたの定めをわたしに教えてください。
65 हे परमप्रभु, तपाईंको वचनको मध्यमले तपाईंले आफ्नो सेवकलाई असल गर्नुभएको छ ।
テス 主よ、あなたはみ言葉にしたがってしもべをよくあしらわれました。
66 मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु ।
わたしに良い判断と知識とを教えてください。わたしはあなたの戒めを信じるからです。
67 संकष्‍टमा पर्नअगि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु ।
わたしは苦しまない前には迷いました。しかし今はみ言葉を守ります。
68 तपाईं असल हुनुहुन्छ र असल गर्ने तपाईं नै हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
あなたは善にして善を行われます。あなたの定めをわたしに教えてください。
69 अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्‍नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।
高ぶる者は偽りをもってわたしをことごとくおおいます。しかしわたしは心をつくしてあなたのさとしを守ります。
70 तिनीहरूका हृदय कठोर भएका छन्, तर म तपाईंको व्यवस्थामा खुसी हुन्छु
彼らの心は肥え太って脂肪のようです。しかしわたしはあなたのおきてを喜びます。
71 मैले सतावट भोगेको मेरो निम्ति असल हुन्‍छ, ताकि म तपाईंका विधिहरू सिक्‍न सक्‍छु ।
苦しみにあったことは、わたしに良い事です。これによってわたしはあなたのおきてを学ぶことができました。
72 तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन र चाँदीका हजारौं टुक्राहरूभन्दा बढी मूल्यवान छन् ।
あなたの口のおきては、わたしのためには幾千の金銀貨幣にもまさるのです。
73 तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्‍न सकूँ ।
ヨード あなたのみ手はわたしを造り、わたしを形造りました。わたしに知恵を与えて、あなたの戒めを学ばせてください。
74 तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आसा पाउँछु ।
あなたを恐れる者はわたしを見て喜ぶでしょう。わたしはみ言葉によって望みをいだいたからです。
75 हे परमप्रभु, तपाईंका आदेशहरू निष्‍पक्ष छन् र विश्‍वस्‍ततामा तपाईंले मलाई कष्‍ट दिनुभयो भनी म जान्दछु ।
主よ、わたしはあなたのさばきの正しく、また、あなたが真実をもってわたしを苦しめられたことを知っています。
76 आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्‍वस्‍तताले मलाई सान्त्वना देओस् ।
あなたがしもべに告げられた約束にしたがって、あなたのいつくしみをわが慰めとしてください。
77 मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।
あなたのあわれみをわたしに臨ませ、わたしを生かしてください。あなたのおきてはわが喜びだからです。
78 घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्दा गरेका छन् । तर म तपाईंका सुझावहरूमा ध्‍यान गर्नेछु ।
高ぶる者に恥をこうむらせてください。彼らは偽りをもって、わたしをくつがえしたからです。しかしわたしはあなたのさとしを深く思います。
79 तपाईंलाई आदर गर्नेहरू मतिर फर्कून्, जसले तपाईंका करारका आदेशहरू जान्दछन् ।
あなたをおそれる者と、あなたのあかしを知る者とをわたしに帰らせてください。
80 तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि म लाजमा नपरूँ ।
わたしの心を全くして、あなたの定めを守らせてください。そうすればわたしは恥をこうむることがありません。
81 तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु ।
カフ わが魂はあなたの救を慕って絶えいるばかりです。わたしはみ言葉によって望みをいだきます。
82 तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् । तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ?
わたしの目はあなたの約束を待つによって衰え、「いつ、あなたはわたしを慰められるのですか」と尋ねます。
83 किनकि म धूवाँमा राखेको मशकजस्तो भएको छु । तपाईंका विधिहरू म बिर्सिन्‍न ।
わたしは煙の中の皮袋のようになりましたが、なお、あなたの定めを忘れませんでした。
84 तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ?
あなたのしもべの日はどれほど続くでしょうか。いつあなたは、わたしを迫害する者をさばかれるでしょうか。
85 तपाईंको व्यवस्थाला अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन् ।
高ぶる者はわたしをおとしいれようと穴を掘りました。彼らはあなたのおきてに従わない人々です。
86 तपाईंका सबै आज्ञा विश्‍वासनीय छन् । ती मानिसहरूले मलाई गलत किसिमले सताउँछन् । मलाई सहायता गर्नुहोस् ।
あなたの戒めはみな真実です。彼らは偽りをもってわたしを迫害します。わたしをお助けください。
87 तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्त्य गरेका छन्, तर तपाईंका सुझावहरूलाई म इन्कार गर्दिनँ ।
彼らはこの地において、ほとんどわたしを滅ぼしました。しかし、わたしはあなたのさとしを捨てませんでした。
88 तपाईंको अटल प्रमले मलाई जीवित राख्‍नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ ।
あなたのいつくしみにしたがってわたしを生かしてください。そうすればわたしはあなたの口から出るあかしを守ります。
89 हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।
ラメド 主よ、あなたのみ言葉は天においてとこしえに堅く定まり、
90 तपाईंको विश्‍वसनीयता सबै पुस्तामा रहन्छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्छ ।
あなたのまことはよろずよに及びます。あなたが地を定められたので、地は堅く立っています。
91 तपाईंले आफ्नो धार्मिक आदेशहरूमा भन्‍नुभएझैं आजको दिनसम्म सबै थोक निरन्‍तर रहन्छ, किनकि सबै थोकहरू तपाईंका सेवकहरू हुन् ।
これらのものはあなたの仰せにより、堅く立って今日に至っています。よろずのものは皆あなたのしもべだからです。
92 तपाईंको व्यवस्था नै मेरो आनन्द भएको थिएन भने, म आफ्‍नो कष्‍टमा नाश भएको हुन्‍थें ।
あなたのおきてがわが喜びとならなかったならば、わたしはついに悩みのうちに滅びたでしょう。
93 तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्‍नुभएको छ ।
わたしは常にあなたのさとしを忘れません。あなたはこれをもって、わたしを生かされたからです。
94 म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु ।
わたしはあなたのものです。わたしをお救いください。わたしはあなたのさとしを求めました。
95 दुष्‍टहरूले मलाई नाश पार्ने तयारी गर्छन्, तर म तपाईंका करारका आदेशहरू बुझ्‍न खोज्‍नेछु ।
悪しき者はわたしを滅ぼそうと待ち伏せています。しかし、わたしはあなたのあかしを思います。
96 सबै थोकका सिमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू भने सिमाभन्दा परसम्‍म फराकिला छन् ।
わたしはすべての全きことに限りあることを見ました。しかしあなたの戒めは限りなく広いのです。
97 ओहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्छु! यो नै मेरो दिनभरिको ध्‍यान हो ।
メム いかにわたしはあなたのおきてを愛することでしょう。わたしはひねもすこれを深く思います。
98 तपाईंका आज्ञाहरूले मलाई आफ्‍ना शत्रुहरूभन्दा बुद्धिमान् बनाउँछन्, किनकि तपाईंका आज्ञाहरू सधैं मसँग छन् ।
あなたの戒めは常にわたしと共にあるので、わたしをわが敵にまさって賢くします。
99 मेरा शिक्षकहरूभन्दा मसँग धेरै सुझबुझ छ, किनकि तपाईंको करारका आदेशहरूमा नै म ध्‍यान गर्छु ।
わたしはあなたのあかしを深く思うので、わがすべての師にまさって知恵があります。
100 मभन्दा पाकाहरूभन्दा धेरै म बुझ्छु । मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो ।
わたしはあなたのさとしを守るので、老いた者にまさって事をわきまえます。
101 हरेक खराब मार्गबाट मैले आफ्‍ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ ।
わたしはみ言葉を守るために、わが足をとどめて、すべての悪い道に行かせません。
102 तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ ।
あなたがわたしを教えられたので、わたしはあなたのおきてを離れません。
103 तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!
あなたのみ言葉はいかにわがあごに甘いことでしょう。蜜にまさってわが口に甘いのです。
104 तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु ।
わたしはあなたのさとしによって知恵を得ました。それゆえ、わたしは偽りのすべての道を憎みます。
105 तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्‍यालो हो ।
ヌン あなたのみ言葉はわが足のともしび、わが道の光です。
106 मैले शपथ खाएको छु र ‍पक्‍का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु
わたしはあなたの正しいおきてを守ることを誓い、かつこれを実行しました。
107 म धेरै कष्‍टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्‍तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ ।
わたしはいたく苦しみました。主よ、み言葉に従って、わたしを生かしてください。
108 हे परमप्रभु, मेरो मुखको स्वेच्छा बलि ग्रहण गर्नुहोस् र मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस् ।
主よ、わがさんびの供え物をうけて、あなたのおきてを教えてください。
109 मेरो जीवन सधैं मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्‍न ।
わたしのいのちは常に危険にさらされています。しかし、わたしはあなたのおきてを忘れません。
110 दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।
悪しき者はわたしのためにわなを設けました。しかし、わたしはあなたのさとしから迷い出ません。
111 तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्‍नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् ।
あなたのあかしはとこしえにわが嗣業です。まことに、そのあかしはわが心の喜びです。
112 सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ ।
わたしはあなたの定めを終りまで、とこしえに守ろうと心を傾けます。
113 दोहोरो मन भएकाहरूलाई म घृणा गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
サメク わたしは二心の者を憎みます。しかしあなたのおきてを愛します。
114 तपाईं मेरो लुक्‍ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु ।
あなたはわが隠れ場、わが盾です。わたしはみ言葉によって望みをいだきます。
115 हे दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्‍नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ ।
悪をなす者よ、わたしを離れ去れ、わたしはわが神の戒めを守るのです。
116 मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्‍जित हुनु नपरोस् ।
あなたの約束にしたがって、わたしをささえて、ながらえさせ、わが望みについて恥じることのないようにしてください。
117 मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु ।
わたしをささえてください。そうすれば、わたしは安らかで、常にあなたの定めに心をそそぎます。
118 तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्‍वासनीय छन् ।
すべてあなたの定めから迷い出る者をあなたは、かろしめられます。まことに、彼らの欺きはむなしいのです。
119 तपाईंले दुष्‍टहरूलाई फोहोरझैं हटाउनुहुनेछ । यसकारण म तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु ।
あなたは地のすべての悪しき者を、金かすのようにみなされます。それゆえ、わたしはあなたのあかしを愛します。
120 तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ ।
わが肉はあなたを恐れるので震えます。わたしはあなたのさばきを恐れます。
121 जे निष्‍पक्ष र ठिक छ सो म गर्छु । मेरा अत्यचारीहरूका हातमा मलाई नदिनुहोस् ।
アイン わたしは正しく義にかなったことを行いました。わたしを捨てて、しえたげる者にゆだねないでください。
122 तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् ।
しもべのために保証人となって、高ぶる者にわたしを、しえたげさせないでください。
123 तपाईंको उद्धारको निम्‍ति र तपाईंको धार्मिक वचनको निम्‍ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन् ।
わが目はあなたの救と、あなたの正しい約束とを待ち望んで衰えます。
124 तपाईंको सेवकलाई आफ्‍नो करारको विश्‍वस्‍तता देखाउनुहोस् र तपाईंका विधिहरू मलाई सिकाउनुहोस् ।
あなたのいつくしみにしたがって、しもべをあしらい、あなたの定めを教えてください。
125 म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्‍न सकूँ ।
わたしはあなたのしもべです。わたしに知恵を与えて、あなたのあかしを知らせてください。
126 यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्‍ग गरेका छन् ।
彼らはあなたのおきてを破りました。今は主のはたらかれる時です。
127 साँच्‍चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु ।
それゆえ、わたしは金よりも、純金よりもまさってあなたの戒めを愛します。
128 यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झुटका हरेक मार्गलाई म घृणा गर्छु ।
それゆえ、わたしは、あなたのもろもろのさとしにしたがって、正しき道に歩み、すべての偽りの道を憎みます。
129 तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु ।
ペ あなたのあかしは驚くべきものです。それゆえ、わが魂はこれを守ります。
130 तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ । यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ ।
み言葉が開けると光を放って、無学な者に知恵を与えます。
131 म आफ्‍नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।
わたしはあなたの戒めを慕うゆえに、口を広くあけてあえぎ求めました。
132 तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैं गर्नुभएझैं मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस् ।
み名を愛する者に常にされるように、わたしをかえりみ、わたしをあわれんでください。
133 तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्‍य गर्न नदिनुहोस् ।
あなたの約束にしたがって、わが歩みを確かにし、すべての不義に支配されないようにしてください。
134 मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।
わたしを人のしえたげからあがなってください。そうすればわたしは、あなたのさとしを守ります。
135 तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
み顔をしもべの上に照し、あなたの定めを教えてください。
136 मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् ।
人々があなたのおきてを守らないので、わが目の涙は川のように流れます。
137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्‍पक्ष छन् ।
ツァデー 主よ、あなたは正しく、あなたのさばきは正しいのです。
138 तपाईंले आफ्‍नो करारका आदेशहरू धार्मिक रूपमा र विश्‍वस्‍ततासाथ दिनुभएको छ ।
あなたの正義と、この上ない真実とをもってあなたのあかしを命じられました。
139 रिसले मलाई नष्‍ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन् ।
わたしのあだが、あなたのみ言葉を忘れるので、わが熱心はわたしを滅ぼすのです。
140 तपाईंका वचनलाई धेरै जाँचिएका छ र तपाईंको सेवकले यसलाई प्रेम गर्छ ।
あなたの約束はまことに確かです。あなたのしもべはこれを愛します。
141 म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्‍न ।
わたしは取るにたらない者で、人に侮られるけれども、なお、あなたのさとしを忘れません。
142 तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ र तपाईंको व्यवस्था भरपर्दो छ ।
あなたの義はとこしえに正しく、あなたのおきてはまことです。
143 संकष्‍ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।
悩みと苦しみがわたしに臨みました。しかしあなたの戒めはわたしの喜びです。
144 तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ ।
あなたのあかしはとこしえに正しいのです。わたしに知恵を与えて、生きながらえさせてください。
145 मैले आफ्‍नो सम्‍पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।
コフ わたしは心をつくして呼ばわります。主よ、お答えください。わたしはあなたの定めを守ります。
146 म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।”
わたしはあなたに呼ばわります。わたしをお救いください。わたしはあなたのあかしを守ります。
147 बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।
わたしは朝早く起き出て呼ばわります。わたしはみ言葉によって望みをいだくのです。
148 रातका पहरहरू बद्‍लिनुअगि नै मेरा आँखाहरू खुला हुन्‍छन् ताकि म तपाईंको वचनमा ध्‍यान गर्न सकूँ ।
わが目は夜警の交代する時に先だってさめ、あなたの約束を深く思います。
149 तपाईंको करारको विश्‍वस्‍ततामा मेरो सोर सुन्‍नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ ।
あなたのいつくしみにしたがって、わが声を聞いてください。主よ、あなたの公義にしたがって、わたしを生かしてください。
150 मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् ।
わたしをしえたげる者が悪いたくらみをもって近づいています。彼らはあなたのおきてを遠くはなれているのです。
151 हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा भरपर्दा छन् ।
しかし主よ、あなたは近くいらせられます。あなたのもろもろの戒めはまことです。
152 धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्‍थापित गर्नुभएको थियो ।
わたしは早くからあなたのあかしによって、あなたがこれをとこしえに立てられたことを知りました。
153 मेरो कष्‍टलाई हेर्नुहोस् र मलाई सहायता गर्नुहोस्, किन म तपाईंको व्यवस्था बिर्सिन्‍न ।
レシ わが悩みを見て、わたしをお救いください。わたしはあなたのおきてを忘れないからです。
154 मेरो पक्षमा बोल्नुहोस् र मलाई उद्धार गर्नुहोस् । तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्‍नुहोस् ।
わが訴えを弁護して、わたしをあがない、あなたの約束にしたがって、わたしを生かしてください。
155 उद्धारचाहिं दुष्‍टहरूदेखि धेरै टाढा हुन्‍छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् ।
救は悪しき者を遠く離れている。彼らはあなたの定めを求めないからです。
156 हे परमप्रभु, तपाईंका कृपापूर्ण कामहरू महान् छन् । तपाईंले सधैं गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस् ।
主よ、あなたのあわれみは大きい。あなたの公義に従って、わたしを生かしてください。
157 मलाई सताउनेहरू र मेरा वैरीहरू धेरै जान छन्, तापनि म तपाईंका करारका देशहरूबाट तर्केको छैन ।
わたしをしえたげる者、わたしをあだする者は多い。しかしわたしは、あなたのあかしを離れません。
158 धोकेबाजलाई म घृणाको दृष्‍टिले हेर्छु किनभने तिनीहरूले तपाईंका वचन पालन गर्दैनन् ।
不信仰な者があなたのみ言葉を守らないので、わたしは彼らを見て、いとわしく思います。
159 हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्‍वस्‍तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस् ।
わたしがいかにあなたのさとしを愛するかをお察しください。主よ、あなたのいつくしみにしたがって、わたしを生かしてください。
160 तपाईंको वचनको सार सत्य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन् ।
あなたのみ言葉の全体は真理です。あなたの正しいおきてのすべてはとこしえに絶えることはありません。
161 शासकहरूले मलाई विनाकारण सताउँछन्, तर मेरो हृदय तपाईंको वचनको भयमा स्थिर छ ।
シン もろもろの君はゆえなくわたしをしえたげます。しかしわが心はみ言葉をおそれます。
162 कसैले धेरै लूटको माल पाएझैं म तपाईंको वचनमा आनन्‍दित हुन्‍छु ।
わたしは大いなる獲物を得た者のようにあなたのみ言葉を喜びます。
163 झुटलाई म घृणा र तिरस्कार गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
わたしは偽りを憎み、忌みきらいます。しかしあなたのおきてを愛します。
164 तपाईंको धार्मिक आदेशहरूका कारणले दिनमा सातपल्‍ट म तपाईंको प्रशंसा गर्छु ।
わたしはあなたの正しいおきてのゆえに、一日に七たびあなたをほめたたえます。
165 तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूसँग महान् शान्ति हुन्छ । तिनीहरूलाई कुनै कुराले ठेस खान दिंदैन ।
あなたのおきてを愛する者には大いなる平安があり、何ものも彼らをつまずかすことはできません。
166 हे परमप्रभु, म तपाईंको उद्धारको आसा गर्छु र तपाईंका आज्ञाहरू म पालन गर्छु ।
主よ、わたしはあなたの救を望み、あなたの戒めをおこないます。
167 म तपाईंक गहन आज्ञाहरू पालन गर्छु र तिनलाई म अति प्रेम गर्छु ।
わが魂は、あなたのあかしを守ります。わたしはいたくこれを愛します。
168 तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ ।
わがすべての道があなたのみ前にあるので、わたしはあなたのさとしと、あかしとを守ります。
169 हे परमप्रभु, सहायताको निम्ति मेरो पुकारा सुन्‍नुहोस् । तपाईंको वचनमा मलाई सुझबुझ दिनुहोस् ।
タウ 主よ、どうか、わが叫びをみ前にいたらせ、み言葉に従って、わたしに知恵をお与えください。
170 मेरा बिन्तीहरू तपाईंकै सामु आऊन् । तपाईंले वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैं मलाई सहायता गर्नुहोस् ।
わが願いをみ前にいたらせ、み言葉にしたがって、わたしをお助けください。
171 मेरा ओठहरूले प्रशंसा गरोस् किनकि तपाईंले मलाई आफ्‍ना विधिहरू सिकाउनुहुन्छ ।
あなたの定めをわたしに教えられるので、わがくちびるはさんびを唱えます。
172 मेरो जिब्रोले तपाईंको वचनको बारेमा गीत गाओस्, किनकि तपाईंका सबै आज्ञा ठिक छन् ।
あなたのすべての戒めは正しいので、わが舌はみ言葉を歌います。
173 तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु ।
わたしはあなたのさとしを選びました。あなたのみ手を、常にわが助けとしてください。
174 हे परमप्रभु, म तपाईंको उद्धारको इच्‍छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्द हो ।
主よ、わたしはあなたの救を慕います。あなたのおきてはわたしの喜びです。
175 म जिउन सकूँ र तपाईंको प्रशंसा गर्न सकूँ । अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून् ।
わたしを生かして、あなたをほめたたえさせ、あなたのおきてを、わが助けとしてください。
176 हराएको भेडाझैं म बरालिएको छु । आफ्‍नो सेवकलाई खोज्नुहोस् । किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैन ।
わたしは失われた羊のように迷い出ました。あなたのしもべを捜し出してください。わたしはあなたの戒めを忘れないからです。

< भजनसंग्रह 119 >