< भजनसंग्रह 116 >

1 म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दायको निम्ति मेरो सोर र बिन्ती सुन्‍नुहुन्छ ।
אהבתי כי-ישמע יהוה-- את-קולי תחנוני
2 उहाँले मेरो पुकारा सुन्‍नुभएको हुनाले, म जीवित भएसम्म म उहाँमा नै पुकारा गर्नेछु ।
כי-הטה אזנו לי ובימי אקרא
3 मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें । (Sheol h7585)
אפפוני חבלי-מות--ומצרי שאול מצאוני צרה ויגון אמצא (Sheol h7585)
4 तब मैले परमप्रभुको नाउँको पुकारा गरें: “हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।”
ובשם-יהוה אקרא אנה יהוה מלטה נפשי
5 परमप्रभु कृपालु र निष्‍पक्ष हुनुहुन्छ । हाम्रो परमेश्‍वर करुणामय हुनुहुन्छ ।
חנון יהוה וצדיק ואלהינו מרחם
6 परमप्रभुले सोझोलाई रक्षा गर्नुहुन्छ । म तल झारिएको थिएँ र उहाँले मलाई बचाउनुभयो ।
שמר פתאים יהוה דלתי ולי יהושיע
7 मेरो प्राण आफ्‍नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ ।
שובי נפשי למנוחיכי כי-יהוה גמל עליכי
8 किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो ।
כי חלצת נפשי ממות את-עיני מן-דמעה את-רגלי מדחי
9 म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।
אתהלך לפני יהוה-- בארצות החיים
10 “म ठुलो दुःखमा परेको छु,” भनी मैले भनेको बेलामा पनि मैले उहाँमा विश्‍वास गरें ।
האמנתי כי אדבר אני עניתי מאד
11 आफ्‍नो अन्योलमा मैले भनें, “सबै मानि झुटा हुन् ।”
אני אמרתי בחפזי כל-האדם כזב
12 परमप्रभुले मेरो निम्‍ति गर्नुभएको सबै भलाइको साटो म कसरी चुक्‍ता गर्न सक्छ र?
מה-אשיב ליהוה-- כל-תגמולוהי עלי
13 मुक्‍तिको कचौरा म उठाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।
כוס-ישועות אשא ובשם יהוה אקרא
14 परमप्रभुका सबै मनिसको सामु आफ्‍ना भाकलहरू उहाँमा म पुरा गर्नेछु ।
נדרי ליהוה אשלם נגדה-נא לכל-עמו
15 परमप्रभुको दृष्‍टिमा उहाँका सन्‍तहरूका मृत्यु बहुमूल्य हुन्छ ।
יקר בעיני יהוה-- המותה לחסידיו
16 हे परमप्रभु, वस्तवमा, म तपाईंको सेवक हुँ । म तपाईकी कमारीकी छोरा तपाईंको सेवक हुँ । तपाईंले मेरा बन्धनहरू तोड्नुभएको छ ।
אנה יהוה כי-אני עבדך אני-עבדך בן-אמתך פתחת למוסרי
17 म तपाईंलाई धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।
לך-אזבח זבח תודה ובשם יהוה אקרא
18 परमप्रभुका सबै मनिसका सामु म आफ्‍ना सबै भाकलहरू उहाँमा,
נדרי ליהוה אשלם נגדה-נא לכל-עמו
19 परमप्रभुको मन्‍दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।
בחצרות בית יהוה-- בתוככי ירושלם הללו-יה

< भजनसंग्रह 116 >