< भजनसंग्रह 116 >
1 म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दायको निम्ति मेरो सोर र बिन्ती सुन्नुहुन्छ ।
I love the Lord, because he hath heard my voyce and my prayers.
2 उहाँले मेरो पुकारा सुन्नुभएको हुनाले, म जीवित भएसम्म म उहाँमा नै पुकारा गर्नेछु ।
For he hath inclined his eare vnto me, whe I did call vpon him in my dayes.
3 मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें । (Sheol )
When the snares of death copassed me, and the griefes of the graue caught me: when I founde trouble and sorowe. (Sheol )
4 तब मैले परमप्रभुको नाउँको पुकारा गरें: “हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।”
Then I called vpon the Name of the Lord, saying, I beseech thee, O Lord, deliuer my soule.
5 परमप्रभु कृपालु र निष्पक्ष हुनुहुन्छ । हाम्रो परमेश्वर करुणामय हुनुहुन्छ ।
The Lord is mercifull and righteous, and our God is full of compassion.
6 परमप्रभुले सोझोलाई रक्षा गर्नुहुन्छ । म तल झारिएको थिएँ र उहाँले मलाई बचाउनुभयो ।
The Lord preserueth the simple: I was in miserie and he saued me.
7 मेरो प्राण आफ्नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ ।
Returne vnto thy rest, O my soule: for the Lord hath bene beneficiall vnto thee,
8 किनकि मेरो जीवनलाई मृत्युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो ।
Because thou hast deliuered my soule from death, mine eyes from teares, and my feete from falling.
9 म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।
I shall walke before the Lord in the lande of the liuing.
10 “म ठुलो दुःखमा परेको छु,” भनी मैले भनेको बेलामा पनि मैले उहाँमा विश्वास गरें ।
I beleeued, therefore did I speake: for I was sore troubled.
11 आफ्नो अन्योलमा मैले भनें, “सबै मानि झुटा हुन् ।”
I said in my feare, All men are lyers.
12 परमप्रभुले मेरो निम्ति गर्नुभएको सबै भलाइको साटो म कसरी चुक्ता गर्न सक्छ र?
What shall I render vnto the Lord for all his benefites toward me?
13 मुक्तिको कचौरा म उठाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।
I will take the cup of saluation, and call vpon the Name of the Lord.
14 परमप्रभुका सबै मनिसको सामु आफ्ना भाकलहरू उहाँमा म पुरा गर्नेछु ।
I will pay my vowes vnto the Lord, euen nowe in the presence of all his people.
15 परमप्रभुको दृष्टिमा उहाँका सन्तहरूका मृत्यु बहुमूल्य हुन्छ ।
Precious in the sight of the Lord is the death of his Saintes.
16 हे परमप्रभु, वस्तवमा, म तपाईंको सेवक हुँ । म तपाईकी कमारीकी छोरा तपाईंको सेवक हुँ । तपाईंले मेरा बन्धनहरू तोड्नुभएको छ ।
Beholde, Lord: for I am thy seruant, I am thy seruant, and the sonne of thine handmaide: thou hast broken my bondes.
17 म तपाईंलाई धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।
I will offer to thee a sacrifice of prayse, and will call vpon the Name of the Lord.
18 परमप्रभुका सबै मनिसका सामु म आफ्ना सबै भाकलहरू उहाँमा,
I will pay my vowes vnto the Lord, euen nowe in the presence of all his people,
19 परमप्रभुको मन्दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।
In the courtes of ye Lords house, euen in the middes of thee, O Ierusalem. Praise ye the Lord.