< भजनसंग्रह 115 >
1 हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको खातिर तपाईंको नाउँको महिमा होस् ।
Не нам, Господи, не нам, но имени Твоему дай славу, ради милости Твоей, ради истины Твоей.
2 जातिहरूले किन यसो भन्ने, “तिनीहरूका परमेश्वर कहाँ छ?”
Для чего язычникам говорить: “где же Бог их”?
3 हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।
Бог наш на небесах и на земле; творит все, что хочет.
4 जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।
А их идолы - серебро и золото, дело рук человеческих.
5 ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्दैनन् ।
Есть у них уста, но не говорят; есть у них глаза, но не видят;
6 तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् ।
есть у них уши, но не слышат; есть у них ноздри, но не обоняют;
7 ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् ।
есть у них руки, но не осязают; есть у них ноги, но не ходят; и они не издают голоса гортанью своею.
8 तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति त्यस्तै हुन्छ ।
Подобны им да будут делающие их и все, надеющиеся на них.
9 ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
Дом Израилев! уповай на Господа: Он наша помощь и щит.
10 ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
Дом Ааронов! уповай на Господа: Он наша помощь и щит.
11 तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।
Боящиеся Господа! уповайте на Господа: Он наша помощь и щит.
12 परमप्रभुले हामीलाई ध्यान दिनुहुन्छ र हामीलाई आशिष् दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष् दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष् दिनुहुनेछ ।
Господь помнит нас, благословляет нас, благословляет дом Израилев, благословляет дом Ааронов;
13 उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष् दिनुहुनेछ ।
благословляет боящихся Господа, малых с великими.
14 परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्ख्या धेरै वृद्धि गरून् ।
Да приложит вам Господь более и более, вам и детям вашим.
15 परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
Благословенны вы Господом, сотворившим небо и землю.
16 स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।
Небо - небо Господу, а землю Он дал сынам человеческим.
17 मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्तमा जाने कसैले गर्नेछ ।
Ни мертвые восхвалят Господа, ни все нисходящие в могилу;
18 तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।
но мы живые будем благословлять Господа отныне и вовек. Аллилуия