< भजनसंग्रह 112 >
1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्न हुने मानिस धन्यको हो ।
Hallelujah. Happy is the man that feareth the Lord, that greatly delighteth in his commandments.
2 त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन् । भक्त मानिसका सन्तानहरू धन्यका हुनेछन् ।
His seed shall be mighty upon earth: the generation of the upright shall be blessed.
3 धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।
Plenty and riches shall be in his house, and his righteousness shall endure for ever.
4 भक्त मानिसको निम्ति अन्धकारमा ज्योति चम्किन्छ । उहाँ अनुग्रही, कृपालु र निष्पक्ष हुनुहुन्छ ।
There ariseth in the darkness a light to the upright: he is gracious, and merciful, and righteous.
5 अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ ।
Well will it be with the man who is kind, and lendeth: he will guide his affairs with justice.
6 किनकि त्यो कहिल्यै डग्नेछैन । धर्मी व्यक्तिको सम्झना सधैं हुनेछ ।
Surely unto eternity shall he not be moved: in everlasting remembrance shall the righteous be held.
7 त्यो खराब समाचारदेखि डराउँदैन । त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ ।
Of an evil report shall he not be afraid: his heart is firm, trusting in the Lord.
8 त्यसले आफ्ना शत्रुहरूमाथि विजय नदेखेसम्म त्यसको हृदय विनाडर शान्त हुन्छ ।
Well supported is his heart, he shall not be afraid, until he looketh on [the punishment of] his assailants.
9 त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ । त्यसको धार्मिकता सदासर्वदा रहन्छ । त्यसलाई आदरसाथ उच्च पारिनेछ ।
He distributeth, he giveth to the needy: his righteousness endureth for ever; his horn shall be exalted in honor.
10 दुष्ट व्यक्तिले यो देख्नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्ट मानिसहरूका इच्छा नष्ट हुनेछ ।
The wicked shall see it, and be vexed; he will gnash with his teeth, and melt away: the longing of the wicked shall perish.