< भजनसंग्रह 112 >

1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिस धन्यको हो ।
هَلِّلُويَا. طُوبَى لِلرَّجُلِ ٱلْمُتَّقِي ٱلرَّبِّ، ٱلْمَسْرُورِ جِدًّا بِوَصَايَاهُ.١
2 त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन् । भक्‍त मानिसका सन्तानहरू धन्यका हुनेछन् ।
نَسْلُهُ يَكُونُ قَوِيًّا فِي ٱلْأَرْضِ. جِيلُ ٱلْمُسْتَقِيمِينَ يُبَارَكُ.٢
3 धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।
رَغْدٌ وَغِنًى فِي بَيْتِهِ، وَبِرُّهُ قَائِمٌ إِلَى ٱلْأَبَدِ.٣
4 भक्‍त मानिसको निम्ति अन्धकारमा ज्‍योति चम्किन्छ । उहाँ अनुग्रही, कृपालु र निष्‍पक्ष हुनुहुन्छ ।
نُورٌ أَشْرَقَ فِي ٱلظُّلْمَةِ لِلْمُسْتَقِيمِينَ. هُوَ حَنَّانٌ وَرَحِيمٌ وَصِدِّيقٌ.٤
5 अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ ।
سَعِيدٌ هُوَ ٱلرَّجُلُ ٱلَّذِي يَتَرَأَّفُ وَيُقْرِضُ. يُدَبِّرُ أُمُورَهُ بِٱلْحَقِّ.٥
6 किनकि त्यो कहिल्यै डग्‍नेछैन । धर्मी व्यक्‍तिको सम्झना सधैं हुनेछ ।
لِأَنَّهُ لَا يَتَزَعْزَعُ إِلَى ٱلدَّهْرِ. ٱلصِّدِّيقُ يَكُونُ لِذِكْرٍ أَبَدِيٍّ.٦
7 त्‍यो खराब समाचारदेखि डराउँदैन । त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ ।
لَا يَخْشَى مِنْ خَبَرِ سُوءٍ. قَلْبُهُ ثَابِتٌ مُتَّكِلًا عَلَى ٱلرَّبِّ.٧
8 त्यसले आफ्ना शत्रुहरूमाथि विजय नदेखेसम्‍म त्यसको हृदय विनाडर शान्त हुन्‍छ ।
قَلْبُهُ مُمَكَّنٌ فَلَا يَخَافُ حَتَّى يَرَى بِمُضَايِقِيهِ.٨
9 त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ । त्यसको धार्मिकता सदासर्वदा रहन्छ । त्यसलाई आदरसाथ उच्‍च पारिनेछ ।
فَرَّقَ أَعْطَى ٱلْمَسَاكِينَ. بِرُّهُ قَائِمٌ إِلَى ٱلْأَبَدِ. قَرْنُهُ يَنْتَصِبُ بِٱلْمَجْدِ.٩
10 दुष्‍ट व्यक्‍तिले यो देख्‍नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्‍ट मानिसहरूका इच्‍छा नष्‍ट हुनेछ ।
ٱلشِّرِّيرُ يَرَى فَيَغْضَبُ. يُحَرِّقُ أَسْنَانَهُ وَيَذُوبُ. شَهْوَةُ ٱلشِّرِّيرِ تَبِيدُ.١٠

< भजनसंग्रह 112 >