< भजनसंग्रह 110 >
1 परमप्रभुले मेरो प्रभुलाई भन्नुहुन्छ, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्म मेरो दाहिने हातपट्टि बस ।”
A PSALM OF DAVID. A declaration of YHWH to my Lord: “Sit at My right hand, Until I make Your enemies Your footstool.”
2 परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्य गर्नुहोस् ।
YHWH sends the rod of Your strength from Zion, Rule in the midst of Your enemies.
3 तपाईंका मानिसहरूले तपाईंको शक्तिको दिनमा आफ्नै स्वइच्छाले पवित्र वस्त्रमा तपाईंको पछि लाग्नेछन् । प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्ति शीतझैं हुनेछ ।
Your people [are] free-will gifts in the day of Your strength, in the honors of holiness, From the womb, from the morning, You have the dew of Your youth.
4 परमप्रभुले शपथ खानुभएको छ र बद्लिनुहुन्नः “सदासर्वदाको निम्ति तिमी मल्कीसेदेकजस्तै पुजारी हौ ।”
YHWH has sworn, and does not relent, “You [are] a priest for all time, According to the order of Melchizedek.”
5 परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्छ । उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई मार्नुहुनेछ ।
The Lord on Your right hand struck kings In the day of His anger.
6 उहाँले जातिहरूको न्याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ ।
He judges among the nations, He has completed the carcasses, Has struck the head over the mighty earth.
7 उहाँले बाटो नजिकैको खोलबाट पिउनुहुनेछ र तब विजयपछि उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ ।
He drinks from a brook in the way, Therefore He lifts up the head!