< भजनसंग्रह 109 >

1 हे परमेश्‍वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्‍नुहोस्,
To the chief Musician. Of David. A Psalm. O God of my praise, be not silent:
2 किनकि दुष्‍टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् ।
For the mouth of the wicked [man] and the mouth of deceit are opened against me: they have spoken against me with a lying tongue,
3 तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् ।
And with words of hatred have they encompassed me; and they fight against me without a cause.
4 मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु ।
For my love they are mine adversaries; but I [give myself unto] prayer.
5 भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।
And they have rewarded me evil for good, and hatred for my love.
6 यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्‍ट मानिसलाई नियुक्‍त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्‍त गर्नुहोस् ।
Set a wicked [man] over him, and let [the] adversary stand at his right hand;
7 त्यसको न्याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् ।
When he shall be judged, let him go out guilty, and let his prayer become sin;
8 त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।
Let his days be few, let another take his office;
9 त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्‍नी विधवा होस् ।
Let his sons be fatherless, and his wife a widow;
10 त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।
Let his sons be vagabonds and beg, and let them seek [their bread] far from their desolate places;
11 त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्‍यो विदेशीहरूले लुटून् ।
Let the usurer cast the net over all that he hath, and let strangers despoil his labour;
12 त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।
Let there be none to extend kindness unto him, neither let there be any to favour his fatherless children;
13 त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।
Let his posterity be cut off; in the generation following let their name be blotted out:
14 त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।
Let the iniquity of his fathers be remembered with Jehovah, and let not the sin of his mother be blotted out;
15 तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन् ।
Let them be before Jehovah continually, that he may cut off the memory of them from the earth:
16 परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्‍वस्‍तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।
Because he remembered not to shew kindness, but persecuted the afflicted and needy man, and the broken in heart, to slay him.
17 त्यसले सराप्‍न मन परायो । त्‍यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्‌लाई ‌‌घृणा गर्‍यो । त्यसकहाँ कुनै आशिष्‌‌‌ नआओस् ।
And he loved cursing; so let it come unto him. And he delighted not in blessing; and let it be far from him.
18 त्यसले सरापलाई आफ्‍‍नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो ।
And he clothed himself with cursing like his vestment; so let it come into his bowels like water, and like oil into his bones;
19 त्यसको सराप त्यसले आफैलाई ढाक्‍नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्‍यसैमा परोस् ।
Let it be unto him as a garment with which he covereth himself, and for a girdle wherewith he is constantly girded.
20 मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस् ।
Let this be the reward of mine adversaries from Jehovah, and of them that speak evil against my soul.
21 हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्‍वस्‍तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।
But do thou for me, Jehovah, Lord, for thy name's sake; because thy loving-kindness is good, deliver me:
22 किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ ।
For I am afflicted and needy, and my heart is wounded within me.
23 साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्‍लाइएको छ ।
I am gone like a shadow when it lengtheneth; I am tossed about like the locust;
24 उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।
My knees are failing through fasting, and my flesh hath lost its fatness;
25 मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्‍दा, तिनीहरूले आफ्‍ना शिर हल्लाउँछन् ।
And I am become a reproach unto them; [when] they look upon me they shake their heads.
26 हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् ।
Help me, Jehovah my God; save me according to thy loving-kindness:
27 हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।
That they may know that this is thy hand; that thou, Jehovah, hast done it.
28 तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष्‌ ‌‌दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्‍दित होस् ।
Let them curse, but bless thou; when they rise up, let them be ashamed, and let thy servant rejoice.
29 मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्‍ना लाज लुगाझैं लगाऊन् ।
Let mine adversaries be clothed with confusion, and let them cover themselves with their shame as with a mantle.
30 म आफ्‍नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।
I will greatly celebrate Jehovah with my mouth; yea, I will praise him among the multitude.
31 किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्‍यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।
For he standeth at the right hand of the needy, to save him from those that judge his soul.

< भजनसंग्रह 109 >