< भजनसंग्रह 108 >

1 हे परमेश्‍वर, मेरो हृदय स्थिर छ । म गाउनेछु, हो, मेरो हृदयको खुससाथ म स्‍तुति गाउनेछु ।
Wimbo. Zaburi ya Daudi. Ee Mungu, moyo wangu ni thabiti; nitaimba na kusifu kwa moyo wangu wote.
2 हे वीणा र सारङ्गी, जाग । झिसमिसेलाई म जगाउनेछु ।
Amka, kinubi na zeze! Nitayaamsha mapambazuko.
3 हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु । जातिहरूका माझ म तपाईंको स्‍तुति गाउनेछु ।
Nitakusifu wewe, Ee Bwana, katikati ya mataifa; nitaimba habari zako, katikati ya jamaa za watu.
4 किनकि तपाईंको करारको विश्‍वस्‍तता स्वर्गभन्दा पनि महान् छ र तपाईंको सत्‍यता आकाससम्मै पुग्छ ।
Kwa maana upendo wako ni mkuu, ni juu kuliko mbingu; uaminifu wako unazifikia anga.
5 हे परमेश्‍वर, स्वर्गभन्दा माथि उच्‍च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्‍च पारियोस् ।
Ee Mungu, utukuzwe juu ya mbingu, utukufu wako na uenee duniani kote.
6 ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
Tuokoe na utusaidie kwa mkono wako wa kuume, ili wale uwapendao wapate kuokolewa.
7 परमेश्‍वरले आफ्‍नो पवित्रतामा बल्नुभएको छ, “म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु ।
Mungu amenena kutoka patakatifu pake: “Nitaigawa Shekemu kwa ushindi na kulipima Bonde la Sukothi.
8 गिलाद मेरो हो, र मनश्‍शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
Gileadi ni yangu, Manase ni yangu, Efraimu ni kofia yangu ya chuma, nayo Yuda ni fimbo yangu ya utawala.
9 मोआब मेरो पानीको बाटा हो । एदोममाथि म आफ्‍नो जुत्ता फुकाल्नेछु । पलिश्‍तको कारणले म विजयसाथ कराउनेछु ।
Moabu ni sinia langu la kunawia, juu ya Edomu natupa kiatu changu; nashangilia kwa kushindwa kwa Ufilisti.”
10 कसले मलाई बलियो सहरभित्र ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?”
Ni nani atakayenipeleka hadi mji wenye ngome? Ni nani atakayeniongoza hadi nifike Edomu?
11 हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्‍न ।
Ee Mungu, si ni wewe uliyetukataa sisi, na hutoki tena na majeshi yetu?
12 शत्रुहरूको विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहसयता व्यार्थ हुन्छ ।
Tuletee msaada dhidi ya adui, kwa maana msaada wa mwanadamu haufai kitu.
13 हामी परमेश्‍वरको सहायताले जित्‍नेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।
Kwa msaada wa Mungu tutapata ushindi, naye atawaponda adui zetu.

< भजनसंग्रह 108 >