< भजनसंग्रह 107 >
1 परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Hvalite Gospoda, jer je dobar; jer je dovijeka milost njegova.
2 परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ ।
Tako neka reku koje je izbavio Gospod, koje je izbavio iz ruke neprijateljeve,
3 उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ ।
Skupio ih iz zemalja, od istoka i zapada, od sjevera i mora.
4 तिनीहरू मरुभूमिको बाटोमा उजाडस्थानमा भौंतारिए र बस्नलाई कुनै सहर भेट्टाएनन् ।
Lutaše po pustinji gdje se ne živi, puta gradu naseljenome ne nahodiše;
5 किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।
Bjehu gladni i žedni, i duša njihova iznemagaše u njima;
6 तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
Ali zavikaše ka Gospodu u tuzi svojoj; i izbavi ih iz nevolje njihove.
7 उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्नलाई एउटा सहरमा जान पाऊन् ।
I izvede ih na prav put, koji ide u grad naseljeni.
8 परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
Neka hvale Gospoda za milost njegovu, i za èudesa njegova radi sinova ljudskih!
9 किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ ।
Jer siti dušu taštu, i dušu gladnu puni dobra.
10 कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्ट र साङ्लाहरूमा बसे ।
Sjedješe u tami i u sjenu smrtnom, okovani u tugu i u gvožðe;
11 तिनीहरूले परमेश्वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्चको सल्लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।
Jer ne slušaše rijeèi Božijih, i ne mariše za volju višnjega.
12 उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन ।
On poništi srce njihovo stradanjem; spotakoše se, i ne bješe ko da pomože.
13 तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
Ali zavikaše ka Gospodu u tuzi svojoj, i izbavi ih iz nevolje njihove;
14 उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।
Izvede ih iz tame i sjena smrtnoga, i raskide okove njihove.
15 परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
Neka hvale Gospoda za milost njegovu, i za èudesa njegova radi sinova ljudskih!
16 किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।
Jer razbi vrata mjedena, i prijevornice gvozdene slomi.
17 आफ्ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्ना पापहरूका कारणले कष्टमा परे ।
Bezumnici stradaše za nevaljale putove svoje, i za nepravde svoje.
18 तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे ।
Svako se jelo gadilo duši njihovoj, i doðoše do vrata smrtnijeh.
19 तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
Ali zavikaše ka Gospodu u tuzi svojoj, i izbavi ih iz nevolje njihove.
20 उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
Posla rijeè svoju i iscijeli ih, i izbavi ih iz groba njihova.
21 परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
Neka hvale Gospoda za milost njegovu, i za èudesa njegova radi sinova ljudskih!
22 तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् ।
I neka prinesu žrtvu za hvalu, i kazuju djela njegova u pjesmama!
23 केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन् ।
Koji plove po moru na korabljima, i rade na velikim vodama,
24 यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे ।
Oni su vidjeli djela Gospodnja, i èudesa njegova u dubini.
25 किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।
Kaže, i diže se silan vjetar, i ustaju vali na njemu,
26 तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्टमा बिलेर गयो ।
Dižu se do nebesa i spuštaju do bezdana: duša se njihova u nevolji razliva;
27 तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।
Posræu i ljuljaju se kao pijani; sve mudrosti njihove nestaje.
28 तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
Ali zavikaše ka Gospodu u tuzi svojoj, i izvede ih iz nevolje njihove.
29 उहाँले आँधीलाई शान्त पार्नुभयो र छालहरू शान्त भए ।
On obraæa vjetar u tišinu, i vali njihovi umuknu.
30 तब तिनीहरू आनन्दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्छा गरेको बन्दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो ।
Vesele se kad se stišaju, i vodi ih u pristanište koje žele.
31 परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
Neka hvale Gospoda za milost njegovu, i za èudesa njegova radi sinova ljudskih!
32 तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् ।
Neka ga uzvišuju na saboru narodnom, na skupštini starješinskoj slave ga!
33 उहाँले नदीहरूलाई उजाडस्थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा,
On pretvara rijeke u pustinju, i izvore vodene u suhotu,
34 र यसका मानिसहरूका दुष्टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्छ ।
Rodnu zemlju u slanu pustaru za nevaljalstvo onijeh koji žive na njoj.
35 उहाँले उजाडस्थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्छ ।
On pretvara pustinju u jezera, i suhu zemlju u izvore vodene,
36 भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्नलाई एउटा सहर बनाउँछन् ।
I naseljava onamo gladne. Oni zidaju gradove za življenje;
37 खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्त उब्जनी ल्याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।
Siju polja, sade vinograde i sabiraju ljetinu.
38 उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्न ।
Blagosilja ih i množe se jako, i stoke im ne umaljuje.
39 पीडादायी संकष्ट र दुःखले तिनीहरूको सङ्ख्या घट्यो र तल झारिए ।
Prije ih bijaše malo, padahu od zla i nevolje, što ih stizaše.
40 उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन ।
On sipa sramotu na knezove, i ostavlja ih da lutaju po pustinji gdje nema putova.
41 तर खाँचोमा परेकाहरूलाई उहाँले कष्टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ ।
On izvlaèi ubogoga iz nevolje, i plemena množi kao stado.
42 सोझो मन भएकाहरूले यो देख्नेछन् र आनन्दि हुनेछन् । सबै दुष्टताले आफ्नो मुख बन्द गर्छ ।
Dobri vide i raduju se, a svako nevaljalstvo zatiskuje usta svoja.
43 बुद्धिमान्हरूले यी कुराहरूमा ख्याल गर्नुपर्छ र परमप्रभुको करारको विश्वस्तताका कामहरूमा ध्यान गर्नुपर्छ ।
Ko je mudar, neka zapamti ovo, i neka poznadu milosti Gospodnje.