< भजनसंग्रह 107 >

1 परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Halleluja! Lov HERREN, thi han er god, thi hans Miskundhed varer evindelig!
2 परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ ।
Saa skal HERRENS genløste sige, de, han løste af Fjendens Haand
3 उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ ।
og samlede ind fra Landene, fra Øst og Vest, fra Nord og fra Havet.
4 तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् ।
I den øde Ørk for de vild, fandt ikke Vej til beboet By,
5 किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।
de led baade Sult og Tørst, deres Sjæl var ved at vansmægte;
6 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
men de raabte til HERREN i Nøden, han frelste dem af deres Trængsler
7 उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् ।
og førte dem ad rette Vej, saa de kom til beboet By.
8 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
Lad dem takke HERREN for hans Miskundhed, for hans Underværker mod Menneskens Børn.
9 किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ ।
Thi han mætted den vansmægtende Sjæl og fyldte den sultne med godt.
10 कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे ।
De sad i Mulm og Mørke, bundne i Pine og Jern,
11 तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।
fordi de havde staaet Guds Ord imod og ringeagtet den Højestes Raad.
12 उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन ।
Deres Hjerte var knuget af Kummer, de faldt, der var ingen, som hjalp;
13 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।
men de raabte til HERREN i Nøden, han frelste dem af deres Trængsler,
14 उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।
førte dem ud af Mørket og Mulmet og sønderrev deres Baand.
15 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
Lad dem takke HERREN for hans Miskundhed, for hans Underværker mod Menneskens Børn.
16 किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।
Thi han sprængte Døre af Kobber og sønderslog Slaaer af Jern.
17 आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे ।
De sygnede hen for Synd og led for Brødes Skyld,
18 तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे ।
de væmmedes ved al Slags Mad, de kom Dødens Porte nær;
19 तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।
men de raabte til HERREN i Nøden, han frelste dem af deres Trængsler,
20 उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
sendte sit Ord og lægede dem og frelste deres Liv fra Graven.
21 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
Lad dem takke HERREN for hans Miskundhed, for hans Underværker mod Menneskens Børn
22 तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् ।
og ofre Lovprisningsofre og med Jubel forkynde hans Gerninger.
23 केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन् ।
De for ud paa Havet i Skibe, drev Handel paa vældige Vande,
24 यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे ।
blev Vidne til HERRENS Gerninger, hans Underværker i Dybet;
25 किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।
han bød, og et Stormvejr rejste sig, Bølgerne taarnedes op;
26 तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो ।
mod Himlen steg de, i Dybet sank de, i Ulykken svandt deres Mod;
27 तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।
de tumled og raved som drukne, borte var al deres Visdom;
28 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।
men de raabte til HERREN i Nøden, han frelste dem af deres Trængsler,
29 उहाँले आँधीलाई शान्त पार्नुभयो र छालहरू शान्‍त भए ।
skiftede Stormen til Stille, saa Havets Bølger tav;
30 तब तिनीहरू आनन्‍दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्‍छा गरेको बन्‍दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो ।
og glade blev de, fordi det stilned; han førte dem til Havnen, de søgte.
31 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
Lad dem takke HERREN for hans Miskundhed, for hans Underværker mod Menneskens Børn,
32 तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्‍च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् ।
ophøje ham i Folkets Forsamling og prise ham i de Ældstes Kreds!
33 उहाँले नदीहरूलाई उजाडस्‍थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा,
Floder gør han til Ørken og Kilder til øde Land,
34 र यसका मानिसहरूका दुष्‍टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्‍छ ।
til Saltsteppe frugtbart Land for Ondskabens Skyld hos dem, som bor der.
35 उहाँले उजाडस्‍थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ ।
Ørken gør han til Vanddrag, det tørre Land til Kilder;
36 भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्‍नलाई एउटा सहर बनाउँछन् ।
der lader han sultne bo, saa de grunder en By at bo i,
37 खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।
tilsaar Marker og planter Vin og høster Afgrødens Frugt.
38 उहाँले तिनीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्‍छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न ।
Han velsigner dem, de bliver mange, han lader det ikke skorte paa Kvæg.
39 पीडादायी संकष्‍ट र दुःखले तिनीहरूको सङ्‍ख्‍या घट्‍यो र तल झारिए ।
De bliver faa og segner under Modgangs og Kummers Tryk,
40 उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्‍थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन ।
han udøser Haan over Fyrster og lader dem rave i vejløst Øde.
41 तर खाँचोमा परेकाहरूलाई उहाँले कष्‍टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ ।
Men han løfter den fattige op af hans Nød og gør deres Slægter som Hjorde;
42 सोझो मन भएकाहरूले यो देख्‍नेछन् र आनन्‍दि हुनेछन् । सबै दुष्‍टताले आफ्‍नो मुख बन्द गर्छ ।
de oprigtige ser det og glædes, men al Ondskab lukker sin Mund.
43 बुद्धिमान्‌हरूले यी कुराहरूमा ख्‍याल गर्नुपर्छ र परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूमा ध्‍यान गर्नुपर्छ ।
Hvo som er viis, han mærke sig det og lægge sig HERRENS Naade paa Sinde!

< भजनसंग्रह 107 >