< भजनसंग्रह 102 >
1 हे परमप्रभु, मेरो प्रार्थन सुन्नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्नुहोस् ।
Молитва вбогого, коли він слабне та перед Господнім лицем виливає мову свою. Господи, ви́слухай молитву мою, і блага́ння моє нехай ді́йде до Тебе!
2 मेरो कष्टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्तै जवाफ दिनुहोस् ।
Не ховай від мене обличчя Свого́, в день недолі моєї — схили Своє ухо до ме́не, в день блага́ння озвися неба́вом до мене!
3 किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् ।
Бо минають, як дим, мої дні, а кості мої — немов ви́сохли в о́гнищі.
4 मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु ।
Як трава та — поби́те та ви́сохло серце моє, так що я забував їсти хліб свій.
5 मेरो निरन्तरको सुस्केराले म धेरै दुब्लो भएको छु ।
Від зо́йку стогна́ння мого прили́пли до тіла мого мої кості.
6 म उजाडस्थानको धनेसझैं भएको छु । भग्नावशेषको लाटोकोसेरोझैं म भएको छु ।
Уподо́бився я пелика́нові пустині, я став, як той пу́гач руїн!
7 एक्लिएको चराझैं छानामाथि म एक्लै जागा रहन्छु ।
Я безсонний, і став, немов пташка само́тня на да́сі.
8 मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् ।
Увесь день ображають мене вороги́ мої, ті, хто з мене кепку́є, заприсяглись проти мене!
9 खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु ।
І по́піл я їм, немов хліб, а напо́ї свої із плаче́м перемі́шую, —
10 तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्नलाई माथि उचाल्नुभएको छ ।
через гнів Твій та лютість Твою, бо підняв був мене Ти та й кинув мене́.
11 मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।
Мої дні — як похи́лена тінь, а я сохну, немов та трава!
12 तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।
А Ти, Господи, бу́деш повік пробува́ти, а пам'ять Твоя — з роду в рід.
13 तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ ।
Ти встанеш та змилуєшся над Сіо́ном, бо час учини́ти йому милосердя, бо прийшов речене́ць,
14 किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्नावशेषका धूलोप्रति दयाको महसुस गर्छ ।
бо раби Твої покоха́ли й камі́ння його́, і порох його полюбили!
15 हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।
І будуть боятись наро́ди Господнього Йме́ння, а всі зе́мні царі — слави Твоєї.
16 परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्नो महिमामा देखा पर्नुहुनेछ ।
Бо Господь побудує Сіона, поя́виться в славі Своїй.
17 त्यसबेला, उहाँले दरिद्रको प्रार्थनाको जवाफ दिनुहुनेछ । उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन ।
До молитви забутих зве́рнеться Він, і моли́тви їхньої не осоро́мить.
18 यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।
Запишеться це поколі́нню майбу́тньому, і наро́д, який ство́рений буде, хвали́тиме Господа,
19 किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,
бо споглянув Він із високо́сти святої Своєї, Господь зо́рив на землю з небе́с,
20 कैदीहरूका विलाप सुन्न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन ।
щоб почути зідха́ння ув'я́зненого, щоб на смерть прироко́ваних ви́зволити,
21 तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्,
щоб розповіда́ти про Йме́ння Господнє в Сіоні, а в Єрусалимі — про славу Його,
22 जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।
коли ра́зом зберу́ться наро́ди й держа́ви служи́ти Господе́ві.
23 उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ ।
Мою силу в дорозі Він ви́снажив, дні мої скороти́в.
24 मैले भनें, “हे मेरो परमेश्वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।
Я кажу́: „Боже мій, — не бери Ти мене в половині днів моїх! Твої ро́ки — на вічні віки.
25 प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
Колись землю Ти був закла́в, а небо — то чин Твоїх рук, —
26 तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।
позникають вони, а Ти бу́деш стояти. І всі вони, як оде́жа, загинуть, Ти їх зміниш, немов те вбрання́, — і мину́ться вони.
27 तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
Ти ж — Той Самий, а роки Твої не закі́нчаться!
28 तपाईंका सेवकहरूका सन्तानहरू निरन्तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्नेछन् ।”
Сини Твоїх рабів будуть жити, а їхнє насіння стоя́тиме міцно перед обличчям Твоїм!“