< भजनसंग्रह 101 >
1 करारको विश्वस्तता र न्यायको बारेमा म गाउनेछु । हे परमप्रभु, तपाईंको निम्ति म स्तुति गाउनेछु ।
Pel bom o usmiljenju in sodbi; tebi, oh Gospod, bom pel.
2 इमानदरीताको बाटोमा म हिंड्नेछु । तपाईं मकहाँ कहिले आउनुहुनेछ? म आफ्नो घरभित्र इमानदरीतामा हिंड्नेछु ।
Vêdel se bom modro na popolni poti. O kdaj boš prišel k meni? Znotraj svoje hiše bom hodil s popolnim srcem.
3 आफ्नो आँखाको सामु म खराबीलाई राख्नेछैन । व्यर्थका खराब कुरालाई म घृणा गर्छु । त्यो मसित टाँसिनेछैन ।
Pred svoje oči ne bom postavil nobene zlobne stvari. Sovražim delo tistih, ki se odvračajo; to se me ne bo držalo.
4 भ्रष्ट मानिसहरूले मलाई छोड्नेछन् । खराबीप्रति बफादार छैन ।
Kljubovalno srce bo odšlo od mene; ne bom poznal zlobne osebe.
5 आफ्नो छिमेकी गुप्त रूपमा निन्दा गर्ने जोसुकैलाई म नाश गर्नेछु । घमण्डी आचरण र अहङ्कारी विचार भएको कुनै पनि व्यक्तिलाई म सहनेछैन ।
Kdorkoli tajno obrekuje svojega bližnjega, tistega bom iztrebil. Tistega, ki ima vzvišen pogled in ponosno srce, ne bom trpel.
6 मेरो छेउमा बस्नलाई म देशका विश्वासयोग्यहरू खोज्नेछु । इमानदारीताको बाटोमा हिंड्नेहरूले मेरो सेवा गर्न सक्छन् ।
Moje oči bodo na zvestih v deželi, da bodo lahko prebivali z menoj. Kdor hodi po popolni poti, ta mi bo služil.
7 छली मानिसहरू मेरो मन्दिरभित्र रहनेछैनन् । झुट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन ।
Kdor dela prevaro, ne bo prebival znotraj moje hiše. Kdor govori laži, se ne bo zadrževal v mojem pogledu.
8 हरेक बिहानै म दुष्टहरूलाई देशबाट नष्ट पार्नेछु । दुष्ट काम गर्ने सबैलाई म परमप्रभुको सहरबाट हटाउनेछु ।
Vse zlobne v deželi bom zgodaj uničil, da bom lahko iz Gospodovega mesta iztrebil vse zlobne storilce.