< भजनसंग्रह 101 >

1 करारको विश्‍वस्‍तता र न्यायको बारेमा म गाउनेछु । हे परमप्रभु, तपाईंको निम्ति म स्‍तुति गाउनेछु ।
[A Psalm by David.] I will sing of loving kindness and justice. To you, Jehovah, I will sing praises.
2 इमानदरीताको बाटोमा म हिंड्नेछु । तपाईं मकहाँ कहिले आउनुहुनेछ? म आफ्‍नो घरभित्र इमानदरीतामा हिंड्‍नेछु ।
I will be careful to live a blameless life. When will you come to me? I will walk within my house with a blameless heart.
3 आफ्‍नो आँखाको सामु म खराबीलाई राख्‍नेछैन । व्‍यर्थका खराब कुरालाई म घृणा गर्छु । त्‍यो मसित टाँसिनेछैन ।
I will set no vile thing before my eyes. I hate the deeds of faithless men. They will not cling to me.
4 भ्रष्‍ट मानिसहरूले मलाई छोड्नेछन् । खराबीप्रति बफादार छैन ।
A perverse heart will be far from me. I will have nothing to do with evil.
5 आफ्नो छिमेकी गुप्‍त रूपमा निन्दा गर्ने जोसुकैलाई म नाश गर्नेछु । घमण्डी आचरण र अहङ्कारी विचार भएको कुनै पनि व्यक्‍तिलाई म सहनेछैन ।
I will silence whoever secretly slanders his neighbor. I won't tolerate one who is haughty and conceited.
6 मेरो छेउमा बस्‍नलाई म देशका विश्‍वासयोग्यहरू खोज्‍नेछु । इमानदारीताको बाटोमा हिंड्नेहरूले मेरो सेवा गर्न सक्छन् ।
My eyes will be on the faithful of the land, that they may dwell with me. He who walks in a perfect way, he will serve me.
7 छली मानिसहरू मेरो मन्‍दिरभित्र रहनेछैनन् । झुट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन ।
He who practices deceit won't dwell within my house. He who speaks falsehood won't be established before my eyes.
8 हरेक बिहानै म दुष्‍टहरूलाई देशबाट नष्‍ट पार्नेछु । दुष्‍ट काम गर्ने सबैलाई म परमप्रभुको सहरबाट हटाउनेछु ।
Morning by morning, I will destroy all the wicked of the land; to cut off all evildoers from Jehovah's city.

< भजनसंग्रह 101 >