< भजनसंग्रह 100 >
1 हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।
Haz un alegre sonido al Señor, habitantes de toda la tierra.
2 खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।
Dale culto al Señor con alegría; ven delante de él con una canción.
3 परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।
Asegúrate de que el Señor es Dios; es él quien nos hizo, y nosotros somos suyos; somos su pueblo, y las ovejas a quienes da de comer.
4 धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर ।
Ven a sus puertas con alegría, y en su casa con alabanza; denle honor, bendiciendo su nombre.
5 किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्वस्तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।
Porque el Señor es bueno, y su misericordia es interminable; su fe es inmutable a través de todas las generaciones.