< भजनसंग्रह 100 >

1 हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।
Ein Lied, zur Danksagung. - Entgegenjauchze alle Welt dem Herrn!
2 खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।
Verehrt den Herrn mit Fröhlichkeit! Mit Jubel tretet vor sein Angesicht!
3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।
Bekennt: Der Herr ist Gott! Erschaffen hat er uns, wir sind sein Eigen, sein Volk, die Schäflein seiner Weide.
4 धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर ।
Zu seinen Toren ziehet dankend ein, mit Lobgesang in seine Höfe! Ihm dankt! Lobpreiset seinen Namen!
5 किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।
Denn gütig ist der Herr. Auf immer währet seine Huld und seine Treue für und für.

< भजनसंग्रह 100 >